
सरकारी संस्थानलाई मात्रै मल आयात गर्ने अनुमति छ । तर, सरकारी संयन्त्रबाट मल दिन नसकेपछि अर्थमन्त्री शर्माले गैरकानुनी बाटोबाट आएको मल र बिउ प्रयोग गर्न दिनुपर्ने बताएका हुन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै किसाललाई आवश्यक परेको मल र बीउ दिन नसके उनीहरूले जोहो गरेर ल्याएको मल र बीउ प्रयोग गरेर दिनुपर्न बताएका हुन् ।
उनले समितिमा नै भन्सार विभागका महानिर्देशकलाई किसानले आफ्नो हिसाबले मल ल्याउँछ भने भन्सारमा नरोक्न निर्देशन दिए ।
‘‘भन्सारको टिमले यो कुरा ध्यान दिनुहोला । किसान मर्का पर्ने काम नगर्नुहोला । किसानलाई आवश्यक परेको मल दिनुपर्छ, छैन भने उनीहरूले जोहो गरेर ल्याएको मल ल्याउन दिउँ’,’ उनले भने ।
शनिबार धादिङको धुनिबेँसी नगरपालिका–६ धार्के बजारमा किसानहरूले दुई ट्रक मल खोसेका थिए । भन्सार छली गरेर ल्याइँदै गरेका दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानहरूले ट्रकबाटै मल मल खोसेर लगेका हुन् । समाचार साभार: baahrakhari.com
