सलमानलाई बिहेको दबाब दिन राखीको खाली खुट्टा यात्रा

सलमानलाई बिहेको दबाब दिन राखीको खाली खुट्टा यात्रा

बलिउड अभिनेत्री राखी सावन्तलाई बलिउड नगरीमा ड्रामा क्विन उपनामले चिनिन्छ।

हुन पनि उनी बेला बेलामा यस्तै हर्कत गरिरहेकी हुन्छिन्। मिडियामा छाइरहन रुचाउने उनी यसका लागि विभिन्न उपाय अपनाउने गर्छिन र आफ्नो चर्चा कम हुनासाथ अर्को फण्डा गरिहाल्छिन्। हालै राखीले चर्चामा आउनका लागि अर्को उपाय अपनाएकी छिन्। हालै मुम्बई अएरपोर्टमा देखिएकी उनी आफ्नो ब्लेजरले टाउको छोपेर बाहिरिरहेकी देखिन्छिन्। अचम्मको कुरा त के छ भने राखी खाली खुट्टा एयरपोर्टबाट बाहिर निस्किएकी थिइन्।

उक्त भिडियोमा उनले आफू श्रीलंका तथा दुबईदेखि नै खाली खुट्टा मुम्बई अँएको बताइरहेकी थिइन्। उनी खाली खुट्टा आउनुको कारण सुन्दा भने जो कोहीलाई आश्चर्य लाग्न सक्छ। राखीका अनुसार उनी अभिनेता सलमान खानको विवाहका लागि खाली खुट्टा आएकी थिइन्।

सलमानको विवाह नभएसम्म आफूले चप्पल नलगाउने राखीको भनाई छ। बलिउडका सेलिब्रेटी फोटोग्राफर विरल भयानीको इन्स्टाग्राममा राखिएको उक्त भिडियोमा फोटोग्राफरले सलमानले कोसँग विवाह गर्न सक्छन् भन्ने प्रश्नमा उनले भनेकी छिन् ञकेटी सलमान आफंैले देखेका छन्। सलमान मेरो पैताला फुटिसक्यो प्लिज विवाह गर र हाम्रै देशलाई बच्चा देऊ। उनको यस भिडियोप्रति इन्स्टाग्राम प्रयोगकर्ताले विभिन्न खालका प्रतिक्रिया दिएका छन्। अधिकाशंले. बिग बोसमा फेरि पनि सहभागी हुनका लागि राखीले यो नाटक गरेको आरोप लगाएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *