सलोन र केकी राजा रानी

सलोन र केकी राजा रानी

आगामी भदौ ८ गते अल नेपाल रिलिज हुने फिल्म जय होमा समावेश राजा–रानी बोलको गीत सार्वजनिक गरिएको छ।

हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। गीतले प्रेमी प्रेमिका बीचको प्रेमभाव बोलको छ। गीतमा सागर आले मगर र सदीक्षा कद्मेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ।

टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतले अभिनय गरेका छन्। सलोन सलिना फिल्म्सको ब्यानरमा शोभित बस्नेतद्वारा प्रस्तुत तथा राज के अधिकारी र सुरज सरकारद्वारा निर्मित फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ। फिल्म मुस्ताङ र पोखरामा खिचिएको हो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *