सांगीतिक बाडुली

सांगीतिक बाडुली

काभ्रे । सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको गीत रचनामा बाडुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा गायिका अनु चौधरीको स्वर, मनोज चौलागाईंको संगीत संयोजन रहेको छ। हरिश बिज्लाजीले निर्देशन गरेको गीतको भिडियोमा माया र प्रेमसम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ।

भिडियोमा सरिता सापकोटा र मनोज बिज्लाजीले अभिनय गरेका छन्। ४ मिनेट ३३ सेकेन्ड लामो म्युजिक भिडियो दोलखाको पर्यटकीयस्थल खरिढुगामा छायांकन गरिएको छ। यसअघि, सापकोटाको रचनामा गीत, संगीत र भिडियो सार्वजनिक भएका छन्।

काभ्रेपलाञ्चोकको पनौती कुुशादेवी निवासी सरिताको यसअघि, जाने भए जाऊ बोलको गीत सार्वजनिक गरिएको थियो। सापकोटाको शब्द रचनामा पाँच गीत रेकर्ड भइसकेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *