सांस्कृतिक सम्पदा र फूलको सहर लुओयाङ

सांस्कृतिक सम्पदा र फूलको सहर लुओयाङ

 हेनान, चीन ।

चीनको नयाँ सहर हो हेनान प्रान्तको लुओयाङ । यो सहरमा मेट्रो रेल सञ्चालन भएको भर्खर तीन वर्ष पुग्दै छ । तर, यो सहर सांस्कृतिक सम्पदा र फूलहरूका लागि विश्वभरि नै प्रसिद्ध छ ।

चीनले तत्काल आफ्नो राष्ट्रिय फूलको बारेमा निक्र्योल गरेको छैन । कुनै समय चीनको राष्ट्रिय फूल मानिएको पेनी फ्लाओर (पेनी फूल) को मुख्य जन्मस्थल भने लुओयाङलाई नै मानिन्छ । लुओयाङको मङ्सन पर्वत पेनी फूलको मुख्य जन्मस्थल भएको लुओयाङका टुरिस्ट गाइड स्थानीय जिम्मीले बताए ।
विभिन्न रङ्गमा पाइने पेनी फूल अत्यन्त चमकदार, असाधारण गोलाकारका लागि प्रसिद्ध छ । पेनी फूललाई समृद्धिको प्रतीक मात्र हैन खुसी र शान्तिको प्रतीक समेत मानिने टुरिस्ट गाइड जिम्मीले बताए । पेनी फूलले धन र पदको समेत प्रतिनिधित्व गर्ने लुओयाङका स्थानीय बताउँछन् ।

पेनीलाई फूलहरूको राजा मानिन्छ । चीनको लुओयाङ मङ्सन पर्वत जन्मथलो रहेको यो फूल चीनको सेङडोङ, सान्छे, हुवेइ, यनहुई, हेनान, सिछुआनलगायतका क्षेत्रमा पाइन्छ । सियाङ्यु, कुइ कालो, डडोलन, लुओयाङ रातो, एर्कियाओ, इम्पोरियल यी पहेंलो, झाओ गुलावी, गार्नेट रातो, हुरेड, लान्टियन जेड, स्नो यिङ चाओक्सिया, जिनपाओ रातो, सेतो, हंस गुलाबी, पिच ब्लोसम, जेड टावर, डियान्कुई, तारा रातो, जेड ब्युटी, तीन–रङ, फ्याट रातो, पहिलो केस रातो आदि गरी पेनी फूल पाँच सयभन्दा बढी प्रजातिमा पाइने स्थानीय पुष्प व्यवसायीहरू बताउँछन् ।

पेनी फूलको धेरै मात्रामा व्यावसायिक खेती हुने गरेको र यसको बजार विश्वव्यापी रहेको स्थानीय किसानहरूको भनाइ छ । लुओयाङले पेनीलगायतका फूलहरूको व्यवसाय विश्वव्यापी रूपमा गरिरहेको तर वार्षिक आम्दानी कति हुन्छ भनेर कुनै तथ्यांक नराखिएको स्थानीय किसानहरूले बताए ।

पेनी फूल अप्रिल र मेको बीचमा फुल्ने गरेको र यो मौसममा लुओयाङ फूल पारखीका लागि विशेष सहर हुने गरेको पर्यटक गाइड जिम्मीले सुनाए । तर फूलको प्रजाति र ठाउँअनुसार फुल्ने समय फरक हुन सक्ने जिम्मीले बताए । ‘म अप्रिल–मेमा लुओयाङ पुग्न सकिनँ, जुनको अन्तिमतिर लुओयाङ सहर पुगेर फर्किएको हुँ’, उहानकी इमीले भनिन्– ‘पेनी फूलको समयमा लुओयाङ साँच्चै चमक्दार सहर बन्ने गर्छ ।’

लुओयाङ्को किसानको बारीमा मात्र हैन सडकको दायाँबायाँ, पार्क, ठूला–ठूला अफिस र पर्यटकीय स्थलहरूमा समेत पेनी लगायतका फूलहरू झुलिरहेको पाइन्छ । लुओयाङमा पेनी फूलहरूको अतिरिक्त, चिनी गुलाब, ट्युलिपहरू, ल्याभेन्डरलगायत अरू धेरै फूलहरू पाइने जिम्मीको भनाइ छ । फूलहरूको यो सहरमा धेरै कलाहरू भएको संसारकै सबैभन्दा ठूलो ढुंगा, बुद्ध धर्मावलम्बीहरूको पवित्र स्थल ह्वाइट हर्ष (सेतो घोडा) टेम्पल, लुओयाङ म्युजियम जस्ता धेरै कुराहरू रहेको जिम्मीले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *