साक्षीद्वारा यौन उत्पीडनको खुलासा

साक्षीद्वारा यौन उत्पीडनको खुलासा

बलिउड मनोरञ्जन दुनियाँमा उदाउँदै गरेकी अभिनेत्री साक्षी चोपडाले हालै आफू यौन उत्पीडनमा परेको खुलासा गरेकी छिन्।

आफूले काम गरेको नेटप्mिलक्स गेम शोका एक निर्माताले आफूलाई यौन सम्बन्धका लागि बाध्य पारेको उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक ह्यान्डल सेयर गर्दै खुलाएकी छिन्। साथै, उनले निर्मातामाथि जालसाँझी तथा झुटो आश्वासन दिएको आरोपसमेत लगाएकी छिन्।

म बोल्ड कपडा लगाउने भएकाले आफ्नो घिनलाग्दो हर्कतले मलाई कुनै फरक पर्दैन भन्ने ठानेर उनले ममाथि यस्तो दुव्र्यवहार गरेका हुन सक्छन्। उनले एकपटक खुलेआम मेरो स्तनको बारेमा सोधे। उक्त कुरा उनले रेकर्ड गरेका थिए र मैले आपत्ति जनाउँदा शोकै एक भाग रहेको र यसले शोको रेटिङमा प्रभाव पार्ने बताएका थिएु उनले लेखकी छिन् ञसाथै शोमा गोपनीयता थिएन भने उक्त शोको नाममा नचिनेका मानिसलाई नितम्बमा छुन दिने कामुक खालका नृत्य गर्न बाध्य पारिएको थियो।

साक्षीले उक्त शोमा काम गरुञ्जेल आफ्नी आमालाई आफूलाई के भइरहेको छ भन्ने कुरा भन्न नसकेको पनि बताएकी छिन्। ञम मेरी आमालाई मेरो काम र मैले भोगिरहेको कुराबारे भन्न चाहन्थे, तर उनले मेरो हरेक फोन तथा म्यासेजमा निगरानी गर्थें। मैले आफ्नी आमासँग यस विषयमा कुरा गर्न खोज्दा उनले मेरो फोन खोसिदिए।

साक्षीको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। तर, नेटफ्लिक्सले यस आरोपप्रति भने कुनै पनि प्रतिक्रिया जनाएको छैन। साक्षी अभिनीत उक्त शोमा पार्थ समथान, मृदुल मधोक, रुही सिंहजस्ता सहभागी छन्। साक्षी चर्चित धार्मिक टेलिसिरियल रामायणका निर्देशक रामानन्दम् सागरकी नातिनी हुन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *