साढे १२ अर्बमा बुढीगण्डकी बन्ने, किमाथांका अरुणमा चीनको प्रस्ताव

काठमाडौँ । गोरखा जिल्लाको चुचुमनुव्री गाउँपालिका वडा नम्बर ३, ५ र ६ मा बुढीगण्डकी नदी जलविद्युत आयोजना बन्ने भएको छ । प्रस्तावित आयोजनाअनुसार बुढीगण्डकी नदी जलविद्युत आयोजनाबाट ९१.१५ मेगावाट बिजुली उत्पादन हुने छ । आयोजना निर्माणका लागि १२ अर्ब ६४ करोड ८६ लाख खर्च हुने अनुमान गरेको छ । प्रतिमेगावाट विजुली उत्पादन गर्नका लागि १२ करोड ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाबाट सुख्खा मौसममा १५६.९७ गीगावाट आवर (३१.८३ प्रतिशत) र वर्षा मौसममा ३३६.१३ गीगावाट आवर (३८.१७ प्रतिशत) उत्पादन गर्नेछ । त्यसैगरी आउटजपश्चात् औसत वार्षिक ४९३.१ गीगावाट आवर उर्जा उत्पादन हुनेछ । आयोजना ५ वर्षमा निर्माण हुनेछ ।

किमाथांका अरुण निर्माण गर्न पावर चाइनाको प्रस्ताव

५ सय ४५ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना इच्छुक देखिएको छ । अध्ययन पूरा भएर लगानी खोजिरहेको यो आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेको हो । आयोजनाका निर्माणका लागि भारतीय निजी कम्पनीहरु समेत इच्छुक छन् । तर, चीनको सीमा नजिकको आयोजना भएकाले भारतीय कम्पनीलाई दिन नहुने कतिपयको ऊर्जा मन्त्रालयका अधिकारीहरुको तर्क छ । करिब ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लगानी जुटाउने मोडालिटी हुन सकेको छैन। आयोजनाको प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ । इन्टर्न रेट अफ रिटर्न १३.५८ प्रतिशत छ । रिटर्न अन इक्विटी १६.८२ प्रतिशत छ। निर्माण थालेको ५ वर्षमा सक्ने योजना छ ।

वाणिज्य बैंकहरूमा एकैदिन थपियो ७ अर्ब निक्षेप

पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपिएको छ । एकै दिन ७ अर्ब निक्षेप थपिँदा वाणिज्य बैंकले ५ अर्ब कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०८९÷०८० को सुरुवात देखिनै वाणिज्य बैंकको कर्जा प्रवाह खुम्चिँदै आएको थियो । बल्ल वर्षको अन्तमा आएर बैंकहरु कर्जा प्रवाह बढ्न थालेको हो । वाणिज्य बैंकहरूमा २०८० असार १० गते आइतबार ४९ खर्ब २० अर्ब निक्षेप रहेकोमा एकैदिन ७ अर्ब निक्षेप बढेर ४९ खर्ब २७ अर्ब पुगेको छ । त्यसैगरी असार १० गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब कर्जा लगानी रहेकोमा एकैदिन ५ अर्बले बढेर ४३ खर्ब ५ अर्ब पुगेको छ । निक्षेप र कर्जा दुवै बढ्दा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.९२ प्रतिशत आइपुगेको छ ।

दुई अर्बमा प्राइम टाइल्स विथ स्टाइल

प्राइम सेरामिक्स प्रालिले २ अर्ब लगानीमा प्राइम–टाइल्स विथ स्टाइल सेरामिक उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो उत्पादन प्राइम–टाइल्स् विथ स्टाइललाई बिक्री वितरणमा ल्याएको हो । हाल वार्षिक १५ अर्ब रुपैयाँबराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महँगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा यस उधोगले देशको कुल खपतको लगभग एक–चौथाइ माग पूरा गर्नेछ । दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३ सय जनालाई रोजगारी दिएको छ । भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी बनेको कम्पनीले दाबी गरेको छ ।

एडीबीले नेपाललाई दिने भयो साढे ६ अर्ब ऋण

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ । नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले ५ करोड अमेरिकी डलर (झण्डै ६ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृति गरेको हो । अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ । सरकारले लिएको जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्ष्यमा यो सहायता उपयोग गरिने भएको छ । व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउने र यसले समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान मद्दत गर्ने एडीबीका दक्षिण एसिया विभागका निर्देशक थियाम ही एनजीले बताएका छन् । सरकारले कार्यान्वयनमा ल्याएको भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा यो ऋण उपयोग हुने भएको छ ।

“प्रेमगीत– ३” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने

नेपाल सहितविदेशमा समेत एकै साथप्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेमगीत ३” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारण बस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने छन । “प्रेमगीत ३” यहिअसार १५ गते सिनेमाघर च्यानल नं. १०८ माप्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको ह्ख्इम मा पनि यो चलचित्र उपलव्ध हुनेछ । ह्ख्इम मा यो चलचित्र उपलव्ध भएपछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top