सामुदायिक रेडियो कपिलवस्तु १४ औँ वर्षमा प्रबेश ।

सामुदायिक रेडियो कपिलवस्तु १४ औँ वर्षमा प्रबेश ।

शत्रुघन खरविन्द , ८ फाल्गुन ।
कपिलवस्तु जिल्लाको पहिलो रेडियोको सामुदायिक रेडियो कपिलवस्तु आज १३ वर्ष पार गरी १४ औँ वर्षमा प्रबेश गरेको छ । बिद्धुतिय संचारको साधन न हुँदा नागरिकहरुलाई सु–सुचित गर्ने उदेश्यले २०६५ साल फागुन ८ गते सनशाईन सामाजिक विकास संस्थाद्वारा रेडियोको स्थापना गरिएको स्टेशन म्यानेजर तुलसीराम यादवले बताउनु भयो । स्थानीय अवधी भाषालाई प्राथमिकतामा राखेर कुल प्रसारणको ८० प्रतिशत अवधी भाषामा अफ्ना कार्यक्रम ,समाचार प्रसारण गर्दै जिल्लाको प्रमुख रेडियोको रुपमा रहेकोछ । समाज रुपान्तरणको लागि तेह्र वर्षे लामो संर्घष गरेको श्रोताहरुको बिश्वास छ । आज रेडियोले बिभिन्न कार्यक्रमको आयोजना गरी १४ औं बार्षिक उत्सव मनाउदै छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *