
फागुन ८, कपिलवस्तु
कपिलवस्तु जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो कपिलवस्तु १०४.२ मेगाहर्ज आज १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। सनसाइन सामाजिक विकास संस्थाद्वारा सञ्चालित रेडियो कपिलवस्तु २०६५ साल फागुन ८ गते स्थापना भएको थियो।
“सूचना सञ्चार हम्मन कय आपन अधिकार” मूल नाराका साथ सञ्चालित यस रेडियोले विगत १६ वर्षमा विभिन्न आरोह-अवरोह पार गर्दै सूचना, समाचार, तथा कार्यक्रमहरू प्रस्तुत गर्दै आएको छ। संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठका अनुसार रेडियोले विशेष गरी स्थानीय अवधी भाषा प्राथमिकतामा राख्दै थारु र नेपाली भाषामा कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।
स्टेशन म्यानेजर शत्रुघन खरविन्दका अनुसार डिजिटल तथा अनलाइन मिडियाको बढ्दो प्रभावबीच सामुदायिक रेडियो कपिलवस्तुले विभिन्न चुनौतीको सामना गर्दै निरन्तर सेवा दिइरहेको छ। दक्ष जनशक्तिको अभावले स्रोताहरूको मागअनुसारका कार्यक्रम र सूचना उपलब्ध गराउन कठिनाइ भइरहेको उनले बताए।
रेडियोको स्थापना दिवस मनाउनुको साथै ,सनसाइन सामाजिक विकास संस्थाको सामाजिक परीक्षण कार्यक्रम समेत समावेश गरिएको म्यानेजर खरविन्दले जानकारी दिए।