सारुकको अन्तिम काम हेरेर आँशु बगाए कलाकर्मीले

सारुकको अन्तिम काम हेरेर आँशु बगाए कलाकर्मीले

आफ्नै घरमा झुन्डिएर जीवन त्याग गरेका अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम फिल्म ह्यासट्याग मायाको केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सहभागीहरु भिडियो हेरेर भावु भए भने आँखाबाट अश्रुधारा पनि बगाए।

फिल्मको निर्माण कम्पनि रे भेञ्चर्सका अध्यक्ष तथा ह्यासट्याग मायाका निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा फिल्म नै सार्वजनिक गर्नुभएता पनि उनको निधनसँगै सो सम्भव नभएकाले म्युजिक भिडियोको रुपमा उनको काम सार्वजनिक गरिएको बताए। हामीले फिल्म पूरा गर्न सकेनौ। तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गड्डयौ। यसबाट उ नरहेता पनि उसको काम हामीमाझ रहिरहने छु, निर्देशक गुरुङले भने। गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर र सागर परियारले अभिनय गरेका छन्। भिडियोमा बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए।

कार्यक्रममा सारुककि आमा रुकमणि ताम्राकारले छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन्। सारुकले यो फिल्मको लागि तीन वर्षदेखि समय दिएको थियो, उनले भावुक हुँदै भनिन्। उनले छोराकै मृत्यु वियोगका कारण पति सानु ताम्राकार अस्पतालमा रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराउँदै अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन्।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि सारुकले न्याय पाउनु पर्नेमा जोड दिए। उहाँहरु सारुकलाई गुमाएर जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन। त्यसैले अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै यो विषय टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौ, उनले भने। अभिनेता ताम्राकारको सहपाठी अभिनेत्री सृष्टी श्रेष्ठले सारुकले के कति कारणले संसार छाडेका हो भन्ने जान्न पाउनु पर्ने बताइन्। अभिनेता ताम्राकारले गत असार २१ गते ज्ञानेश्वरस्थित निवासमा आत्महत्या गरेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *