सारुकको आत्महत्याको कारण शंकास्पद

सारुकको आत्महत्याको कारण शंकास्पद

गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै निवासको रेलिङमा झुण्डिएर आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको आत्महत्याको विषयमा विभिन्न शंका उपशंका जन्मिएका छन्।

उनको आत्महत्यालाई लिएर फिल्म र अन्य क्षेत्रबाट विभिन्न प्रश्न उठाइएको छ भने आफन्तले घटनाको छानबिन गर्न प्रहरीमा उजुरी दर्ता गराएका छन्। कलाकर्मीले घटनाबारे अनुसन्धान गर्न सामाजिक सञ्जालबाटै दबाब सिर्जना गरेका छन् भने नेपाल चलचित्र कलाकार संघले आईतवार कार्यसमिति बैठक बसेर सारुकको आत्महत्याको विषयमा गहिरो छानबीन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ। प्रहरीले सारुकको मोबाईलको अनुसन्धान गर्न फरेन्सिक विभाग पठाएको छ भने सारुकले आत्महत्या गर्नु अघि सुटिङ चलिरहेको निर्माणाधीन फिल्म ह्यासट्याग मायाको सुटिङका लागि उनीसँगै फिल्मका अर्का नायक रोयदीप श्रेष्ठ र नायिका नम्रता श्रेष्ठलाई फिल्मको निर्माण युनिटले बस्नका लागि उपलब्ध गराएको बुढानीलकण्ठस्थित भाडाको घर सिल गरेको छ।

केही कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै सारुकको आत्महत्याका विषयमा अनुसन्धान हुनुपर्ने माग राखेका छन्। पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र मलिना जोशी, तथा अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकर्मीले ताम्राकारको आत्महत्याबारे निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न आवाज उठाएका छन्। सारुककी मिल्ने साथीसमेत रहेकी मलिनाले इन्स्टाग्राममार्फत सारुकले आत्महत्या गर्नुको कारण पत्ता लगाएर दोषीलाई कारबाही गर्न भन्दै कडा स्ट्याटस सार्वजनिक गरेकी छन्। ञउसलाई के कुराले त्यसो गर्न बाध्य बनायो? अन्तिम दिनमा ऊसँग को को थिए? अन्तिम संवाद के थिए? उसको कफिनमा अन्तिम औंला कसको थियो? उसले अन्तिमपटक कसलाई कल गरेको थियो? उसले किन नजिकका मिल्ने महिला साथीहरुसँगको सम्बन्ध तोड्यो? यो कस्तो खालको जादू थियो? उसलाई के बिरामी बनाइएको थियो? के उसलाई दुव्र्यवहार गरिएको थियो? के उसले अपमानित महसुस गरेको थियो? उसलाई चोट पुर्याइएको थियो? के ऊ अवसादमा थियो? उसमाथि के भएको थियो भन्ने जान्न पाउने अधिकार सबैसँग छ। हामी निष्पक्ष छानबिनको माग गर्छौ, मलिनाले इन्स्टाग्रा ह्यान्डलमा लेखेकी थिइन्। उनको स्ट्याटसमा प्रतिक्रिया जनाउने क्रममा केहीले निर्माणाधीन एक फिस्ल्ममा सारुकसँगै अभिनय गरेकी छिन्। एक नायिकाको नाम उल्लेख गरेपछि मलिनाले सो पोष्ट हाइड गरेकी छन्। त्यस्तै, निर्देशक सुरेशदर्पण पोखरेलले सामाजिक सञ्जालमा जस्टिस फर सारुक अभियान चलाएका छन्। यही क्रममा सारुकको आत्महत्यासँग जोडिएको नयाँ रहस्य बाहिर आउन थालेका छन्।

नम्रतासँगै बुढानिलकण्ठमा बसेका थिए सारुक

 गत जेठ २२ गते छायांकन सुरु भएको फिल्म ह्यासट्याग मायामा नम्रताको योगगुरुको भूमिका भएको तथा उनले क्यारेक्टरमा रहन गाहझो हुन्छ मेरो लागि बाहिर बस्ने व्यवस्था मिलाइदिनु भनेपछि बुढानीलकण्ठमा एक लाख तीस हजारदेखि डेढ लाखसम्म तिर्ने गरी नम्रताको लागि भाडाको घर लिइदिएको फिल्मका निर्देशक राजीव गुरुङले बताए। गुरुङका अनुसार सो घरमा सुरुमा नम्रता र शारुक बस्ने गरेका थिए भने पछि नम्रता र सारुकका साथ रोयदीप पनि थपिएका थिए। राजीवले नेपाल समारचारपत्रसँग कुराकानी गर्दै सुटिङको समयमा भने तल्लो तल्लामा कहिलेकाहीँ लाइटम्यान, हेल्पर र सहायक निर्देशक बस्ने गरेको जानकारी गराए।

नम्रताले रोयदीपको भूमिकामा सारुकले झन् राम्रो गर्न सक्छ भनेपछि नम्रताकै सल्लाहमा सारुक र रोयदीपको भूमिका साटिएको पनि राजीवले खुलाएका छन्। उनले सारुकको आत्महत्यापछि नम्रता आफूहरुसँग सम्पर्कविहीन भएको र हालसम्म सम्पर्क नभएको बताए। अहिले मैले उहाँलाई फोन गरेको छैन। उहाँले पनि हामीलाई कल गर्नुभएको छैन। हामी अहिले शोकमा नै छौ। यत्रो दिन बितिसक्दा पनि हामी फ्रेस हुन सकेका छैनौं र फिल्मको बारेमा केही सोच्न पनि सकेका छैनौं, राजीवले नेपाल समाचारपत्रसँग भने।

सुटिङ युनिट स्रोतका अनुसार नम्रता र सारुकको राम्रो सम्बन्ध भए पनि अर्का अभिनेता रोयदीप श्रेष्ठको आगमनपछि भने उनीहरुबीच मनमुटाव शुरु भएको थियो। यसै क्रममा केही दिनअघि नम्रता र सारुकको सम्बन्धबारे इन्स्टाग्राममा गरिएको कुराकानीको स्क्रिनसट सामाजिक सञ्जालमार्फत बाहिरिएको छ। जसमा नम्रताको विगत र वर्तमानबारे समेत विभिन्न कुराकानी गरिएको छ।

नम्रतासँग परेको थियो झगडा

निर्देशक गुरुङले ८÷९ महिनाअघि नम्रताले सारुकलाई दोलालघाटस्थित मसानघाटमा लगेर एक तान्त्रिकबाट रातको १२ बजे कालो बोकासहित पूजा गरी घाँटीमा बुटी बाँधिदिएको समेत खुलाएका छन्। नम्रताजीले मेरो एउटा तान्त्रिक गुरु छ। उसले फिल्मको लागि र हाम्रो आर्थिक रुपमा पनि राम्रो गराउन सहयोग गर्छ।

त्यसका लागि पूजा गर्नुपर्छ भनेपछि हामी उनका साथ सिन्धुपाल्चोकको दोलालघाट गएका थियौं। खोला नजिकको महादेवस्थानमा पूजा गरेर फर्किएपछि ती तान्त्रिकले तपाईं यो विषयमा नयाँ हुनुहुन्छ, तपाईं यही बस्नु भनेकाले म होटलमै बसें। नम्रता र सारुक रातको १२ बजे मसानघाटमा गाएर कालो बोका पूजा गरेर फर्किए। नम्रताले मलाई त्यहाँबाट ल्याएको बुटि बाँधिदिएकी थिइन्। पूजा गरेर ल्याएको बोकाको मासु होटलमै प्रसादको रुपमा खाएका थियौँ। पूजाको लागि पाँच लाख रुपियाँ दिइएको थियो, राजीवको भनाइ छ। सारुकले आत्महत्या गरेको खबर सुनेपछि भने आफूले परिवार र साथीभाइको सल्लाहमा सो बुटी खोलेर फालिदिएको पनि राजीवले खुलाए। सारुक मेरो भाइजस्तै थियो, उसले आफ्नो सबै कुरा मलाई सेयर गथ्र्यो। उसले आत्महत्या गरेको दिन रेप सिनको शट थियो र सिन सकाएपछि सारुकले सिन कस्तो भयो भनेर सोध्यो। मैले ठीक छ भाइ भनेपछि उसले खुसी भएर अर्को सिनको लागि सल्लाह गरेको थियो। त्यही सिनको वाइड शट लिएपछि नम्रताजी र सारुक भाइ माथि कोठामा जानुभयो। त्यसपछि नम्रताले सारुकलाई ठूलो स्वरले कराएको सुनियो। हामी अर्को टेकका लागि उहाँहरुलाई कुरिरहेका थियौं। ढोका भने लक थियो। पछि म चुरोट खान बाहिर निस्किएँ। त्यो बेला सारुक एक्लै टोलाएर बार्दलीमा बसिरहेको देखेँ। अर्को शट रोयदीप भाइसँग थियो, निर्देशक गुरुङले सुनाए त्यो शट लिईरहँदा सारुक टोलाइरहेको थियो। मैले सारुक भाइ आर यु ओके भनेर सोधेँ। उसले आई एम नट ओके भन्यो। त्यो दिन र्यापअप गरेर फेरि पनि नाउ आर यु ओके भने उसले कम मात्र हल्लायो। म घर गएँ अनि भोलिपल्ट सारुकले आत्महत्या गरेको सुन्नमा आयो।

उनकै सल्लाहमा साटिएको थियो सारुकको भूमिका

नम्रताले रोयदीपको भूमिकामा सारुकले झन् राम्रो गर्न सक्छ भनेपछि नम्रताकै सल्लाहमा सारुक र रोयदीपको भूमिका साटिएको पनि राजीवले खुलाएका छन्। उनले सारुकको आत्महत्यापछि नम्रता आफूहरुसँग सम्पर्कविहीन भएको र हालसम्म सम्पर्क नभएको बताए। अहिले मैले उहाँलाई फोन गरेको छैन। उहाँले पनि हामीलाई कल गर्नुभएको छैन। हामी अहिले शोकमा नै छौ। यत्रो दिन बितिसक्दा पनि हामी फ्रेस हुन सकेका छैनौं र फिल्मको बारेमा केही सोच्न पनि सकेका छैनौं, राजीवले नेपाल समाचारपत्रसँग भने।

सुटिङ युनिट स्रोतका अनुसार नम्रता र सारुकको राम्रो सम्बन्ध भए पनि अर्का अभिनेता रोयदीप श्रेष्ठको आगमनपछि भने उनीहरुबीच मनमुटाव शुरु भएको थियो। यसै क्रममा केही दिनअघि नम्रता र सारुकको सम्बन्धबारे इन्स्टाग्राममा गरिएको कुराकानीको स्क्रिनसट सामाजिक सञ्जालमार्फत बाहिरिएको छ। जसमा नम्रताको विगत र वर्तमानबारे समेत विभिन्न कुराकानी गरिएको छ।

घटनाको दिन सारुकको पितालाई फोन गरेकी थिइन् नम्रताले

सारुकका अभिनेता पिता सानुकुमार ताम्राकारले प्रहरीले एक दुई दिनमा पोस्टमार्टम रिपोर्टबारे जानकारी दिने र अनुसन्धानको घेरालाई अघि बढाउने जनाएको नेपाल समाचारपत्रलाई जानकारी गराए।

ञप्रहरी वृत्त, मालीगाउँले पर्सी निपर्सीतिर पोस्टमार्टम रिपोर्ट आउने र जानकारी दिने बताएको छ। आज (आइतबार) घर अगाडिको सिसी क्यामरा फुटेज पनि लिएर गएको छ। उसले त्यो कदम किन र कसरी उठायो भन्नेबारे हामी अन्योलमा छौ। अहिले नै केही भन्न सक्ने अवस्थामा छैनौ। १३ दिनको काम सकिएपछि यसमा लाग्छौं, जादुगरसमेत रहेका उनले भने। ताम्राकारका अनुसार घटनाका दिन उनले सारुकलाई आफन्तको ८४ जन्मदिनको भोजमा जानका लागि बोलाएका थिए। तर, निर्धारित समयसम्म पनि सारुक सम्पर्क नआएकाले फोन गर्दा उठेको थिएन। पछि घर जाँदा ढोका भित्रबाट बन्द थियो र प्रहरी बोलाएर ढोका फोडेर हेर्दा उनलाई झुण्डिएको अवस्थामा भेटिएको थियो। ञत्यही दिन चार सवा चार बजेतिर नम्रता श्रेष्ठको फोन आएको थियो। उनले नशा च्यापिएको खुट्टा कस्तो छ बुबा भनेर सोधेकी थिइन्। नशा च्यापिएको समस्याबारे मैले त उनलाई भनेको थिइन्, सायद शारुकसँग कुरा हुँदा थाहा भएको होला। म भोजमा भएकाले पछि कुरा गरुँला भनेर राखिदिएँ। तर, घर जाँदा त त्यस्तो भएको रहेछु सानुकुमारले सुनाए ञपछि नम्रतालाई फोन गरेर उसको घाँटीमा सिक्री थियो, अहिले देखिनँ भनेर सोध्दा प्रपटीका लागि ड्रेसम्यानले राखेको छ भनिन्। ह्यासट्याग मायामा सँगै काम गरे पनि नम्र्रता सारुकको अन्तिम संस्कारमा देखिइनन्, न त उनी समवेदना प्रकट गर्न उनको परिवालाई नै भेट्न पुगेकी छन्। पशुपतिमा त केही होसै थिएन। को को आयो थाहै छैन। नम्रता घरमा त भेट्न आएको छैन। घटना भएकै दिन शुरुमा उनले मेरो हेल्थ बुभ्mन फोन गरेकी थिइन्। पछि सिक्रीबारे बुभ्mन मैले फोन गरेको थिएँ। अहिलेसम्म हामीलाई भेट्न त आएकी छैनन्, ताम्रँकारले भने। उनका अनुसार सारुकको घाँटीको बुटी भ्mयालमा झुन्ड्याएको अवस्थामा भेटिएको थियो।

निर्माणाधीन फिल्म ह्यासट्याग मायामा सँगै काम गरेको हिसाबले सारुकको आत्महत्या प्रकरणबारे बुभ्mनका लागि नेपाल समाचारपत्रले नायिका नम्रतालाई सम्पर्क गर्ने प्रयास गरे पनि उनी सम्पर्कमा आउन चाहिनन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *