सारुक आत्महत्या प्रकरणमा प्रहरीद्वारा बयान शुरु

सारुक आत्महत्या प्रकरणमा प्रहरीद्वारा बयान शुरु

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले उनका नजिकका मानिससँग बयान लिन शुरु गरेको छ।

प्रहरी वृत्त, मालीगाउँले गत असार २१ गते ज्ञानेश्वरस्थित आप्mनै घरमा झुण्डिएको अवस्थामा भेटिएका ताम्राकारको आत्महत्या सम्पर्कमा रहेकाहरुसँग बयान लिन शुरु गरेको हो।

पहिलो चरणमा सारुकले आत्महत्या गर्नुअघि काम गरिरहेको फिल्म ह्यासट्याग मायाका निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग बयान लिएको छ। प्रहरीले उक्त फिल्ममा संलग्न केही कलाकारलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।

प्रहरीले सारुकको आत्महत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान गरिरहेका जनाएको छ। उनको मोबाइल परिक्षेको रिपोर्ट आएपछि आत्महत्याको कारणबारे अनुसन्धान गर्न सहज हुने प्रहरीको अपेक्षा छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *