सीएनआई र इप्पानबीच ऊर्जा क्षेत्रमा सहकार्य, भेरी-बबईको काम ६२ प्रतिशत

काठमाडाैँ ।  नेपाल उद्योग परिसंघ र नेपाल (इप्पान) बिच ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य हुने भएको छ । परिसंघले काठमाडौँमा एक कार्यक्रमा बीच इप्पानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गर्ने क्रममा उर्जा क्षेत्रमा दुवै संगठन मिलेर प्रतिबद्धता जनाएका हुन् । यस्तै, परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दिगो माध्यम रहेको बताए । ऊर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको दाबी छ । त्यसैगरी इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताए । उनले निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत् व्यापार गर्न दिनुपर्ने, विद्युत् निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारण लाइन निर्माण हुनुपर्ने, उद्योगीहरूले आवश्यक बिजुली पाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए ।

भेरी-बबई डाइभर्सनको ६२ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७१ सालबाट सुरु भएको यो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको हो । उक्त आयोजनाले बाँकी रहेको आयोजनाको ३८ प्रतिशत काम पनि अबको तीन वर्षभित्रमा सक्ने तयारी भइरहेको जनाएको छ। आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन गर्ने, लुम्बिनी प्रदेशका बाँके र बर्दियामा रहेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने उक्त आयोजनाको उद्देश्य रहेको छ । यस्तै, आयोजनाअन्तर्गत पहिलो चरणमा निकै जटिल मानिएको १२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ ।

नवपरासीमा एकैचोटी सयौँ उद्योग बन्द

घरेलु तथा साना उद्योग कार्यालयले नवपरासीमा २४५ वटा उद्योग बन्द भएको जनाएको छ । यसमा वाणिज्यतर्फका १३३ र उद्योगतर्फका ११२ उद्योग बन्द भएको कार्यालयले उल्लेख गरेको छ । यस्तै कार्यालयले उद्योगतर्फ सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ४५ र सेवामुलक उद्योग ४५ वटा बन्द भएको जनाएको छ । हाल जिल्लामा ६ हजार ६९३ साना र ५८ लघु गरी कूल ७ हजार ७५१ उद्योग रहेको कार्यालयले बताएको छ । दर्ता भएका उद्योगमा कृषि तथा वन पैदावरमा आधारित बढी छन्। उद्योग बन्द हुनु र नयाँ उद्योग दर्ता नहुनुमा आर्थिक मन्दी, युवाहरु विदेश पलायन प्रमुख कारण रहेको कार्यालयको दाबी छ ।

काठमाडौँ महानगरको राजस्व दश अर्ब बढि

काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा दश अर्ब भन्दा बढि राजस्व संकलन गरेको छ । महानगरले गत आ.व. मा दश अर्ब ४१ करोड लक्ष्य राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ संकलन गरेको हो । महानगरको अघिल्लो आ.व.को भन्दा गत आ.व.मा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व घटेको छ । आ.व. २०७८÷०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी एक अर्ब ३६ करोड रुपैयाँ बढी असुल भएको महानगरले जनाएको छ ।

पीएमएस र केएफएबीच सहकार्य

फार्मास्युटिकल क्षेत्रलाई सुधार गर्नका लागि “फार्मा मार्केटिंग सोल्युशन्स प्रा. लि. (पीएमएस) र कन्सल्टिङ प्रा. लि. (केएफए) बिच सहकार्य भएको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै फार्मास्युटिकल क्षेत्रमा कार्यरत रहेका र अध्ययनरत विद्यार्थिलाई विभिन्न तालिमहरु प्रदान गरिने उक्त कार्यक्रम आयोजकले बताएको छ । यस्ता कार्यक्रमहरुले फार्मास्युटिकल क्षेत्रलाई सुधार्न, ग्राहकहरुलाई यथार्थपरक र व्यावहारिक रुपमा विभिन्न समस्याहरूको समाधान गर्न सकिने फार्मा मार्केटिंग सोल्युशन्सका प्रबन्धक, व्यवस्थापक आकाश रौनियारले बताए । त्यस्तै, पी.एम.एस र के.एफ.ए. ले विश्वव्यापी औषधि क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्न रणनीतिक साझेदारीमा हात मिलाएकाले उक्त सहकार्यले उन्नत डिप्लोमा कार्यक्रमहरू उत्पादन गर्दै उद्योगलाई विश्वव्यापी रूपमा माथि उठाउन मदत पुग्ने के.एफ.ए का अध्यक्ष रस्टा झाको भनाई छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top