सीजीनेटले ल्यायो आकर्षक आरआरआर अफर

सीजीनेटले ल्यायो आकर्षक आरआरआर अफर

काठमाडौं । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्‍पनी सीजीनेटले आरआरआर (रिफर, रिडिम, रिपिट) नामक उत्कृष्ट अफर लिएर आएको छ । जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् । साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन् ।

आरआरआर अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निस्शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउँनेछन् । यसका साथै ३ जना सम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ ।

सीजीनेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन् `हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई आरआरआर अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरुलाई उहाँहरुको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं।’

आरआरआर अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा, सीजीनेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि लिडरसीप बोर्ड लागू गरेको छ । यस अवधिभरमा सफल्तापूर्वक सबै भन्दा बढी रिफर गर्ने ३ जना मध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो-उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ ।

लिडरसीप बोर्डले आरआरआर अफरको मैत्री प्रतिस्पर्धालाई सुनिश्चित गर्दछ र ग्राहकहरूलाई सहभागी हुनलाई थप प्रोत्साहन गर्नेछ । ४५ दिनसम्म चल्ने यस आरआरआर अफरले ग्राहकहरूलाई आफ्ना साथी, परिवार र सहकर्मीहरूलाई सीजीनेट परिवारमा सामेल हुन निमन्त्रणा गर्न र यस सुनौलो अवसरको फाइदा उठाउनलाई हौसाउनेछ ।

अन्य इन्टरनेट सेवा प्रदायकहरू भन्दा फरक, सीजीनेट को आरआरआर प्रस्ताव एक अद्वितीय र विशेष सन्दर्भ प्रस्तावको रूपमा खडा छ। धेरै इन्टरनेट सेवा प्रदायकले केवल इन्टरनेट सेवा मात्र प्रदान गर्दा, सीजीनेटले भने आफ्ना ग्राहकहरूलाई रिफरल कार्यक्रम मार्फत पुरस्कृत गर्ने योजना बनाएको हो । हाल, बजारमा अन्य कुनै इन्टरनेट सेवा प्रदायक छैनन् जसले रिफर गर्ने र रिफर हुने दुवैका लागि यस्तो व्यापक र आकर्षक अवसर प्रदान गर्दछन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *