सुदिप गौतमको स्मृतिमा शैक्षिक सामग्री वितरण

सुदिप गौतमको स्मृतिमा शैक्षिक सामग्री वितरण

पोखरा । मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यवस्थापन समिति संस्थापक अध्यक्ष सुदिप गौतमको प्रथम स्मृति दिवसमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस कास्की जिल्ला सदस्य तथा समेत रहेका गौतमको परिवारको आयोजना तथा नेपाली कांग्रेस माछापुच्छ्रे ९ को संयोजनमा आइतबार कार्यक्रम भएको हो । माछापुच्छ«े, ९ मा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्यनरत १ सय ३० जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलले स्वर्गीय गौतमले गरेका शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजनीति क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै उनका अधुरा सपना पूरा गर्न पार्टी लागिरहने व्यक्त गरे ।

३७ वर्षीय सुदिप गौतम गत साल मर्दी हिमाल ट्रेक अन्तर्गत पर्ने भीरबाट लडेर निधन भएको थियो । सुदीपकी पत्नी कविताले मर्दी हिमालको पर्यटन प्रवद्र्धन, सिदिङ सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका साथै विभिन्न विद्यालयमा आर्थिक तथा भौतिक सहयोग गर्दै नेपाली कांग्रेको राजनीति मार्फत् समाज रुपान्तरण गर्ने दृढ इच्छाशक्ति भएका पतिको सपना साकार पार्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा जिल्ला सभापति बराल, गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, माछापुच्छ्रे गाँउपालिका सभापति वीरेन्द्र गुरुङ लगायतले स्व गौतमले होनाहार कर्मशील युवा परिवार, नेपाली कांग्रेसले मात्रै नभई सिंगो कास्की जिल्लाको समेत एक नक्षेत्र भएको बताए । होनाहार युवालाई गुमाउँदाको पीडा कहिल्यै भुल्न नसकिने भन्दै उनीहरुले परिवारलाई अविचलित भई सुदीपले देखेका सपना साकार गर्नका लागि अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा स्व. गौतमका विषयमा सरस्वती आधारभूत विद्यालय तथा मर्दी हिमाल ट्रेक व्यवसाय तथा व्यावस्थापन समिति अध्यक्ष राजकुमार तामाङले गौतम मर्दी हिमाल पदमार्गमा संस्थापक अध्यक्ष र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहदाँ गरेका कार्यहरुको स्मरण गरे । गौतमका भाइ प्रदीपले दाजुको अधुरा सपनालाई पूरा गराउन आफू लागिरहेको बताए । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले सुदीप व्यक्तिगत रुपमा मात्र नभई सामाजिक रुपमा पनि अत्यन्तै महत्व बोकेका युवा रहेको बताए । उनको सरल जीवनशैली र प्रेरणादायी कर्महरुको बारेमा केही सिमित व्यक्तिले मात्रै नभई सबैले बुझ्नु आवश्यक ठानेर गाउँपालिकाले उनको जीवनी स्थानीय पाठ्यक्रममा राखेको, शालिक बनाउन आवश्यक बजेट विनियोजन गरेको तथा मर्दी हिमाल पदमार्गमा विद्युतीकरणको कार्य समेत प्रारम्भ भएको बताएका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *