
धनगढी । अगामी आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेका हुन्।
विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२.७९ प्रतिशत छुट्याइएको छ । पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अथात् ५८.१६ प्रतिशत रकम छुट्याइएको छ ।
सांसद कोषमार्फत प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेशतर्फ प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड रकम विनियोज गरिएको छ । विगतदेखि उक्त कार्यक्रमको प्रभाव नभएको भन्दै आलोचना भए पनि जारी राखिएको छ ।