सुदूरपश्चिम सरकारको पूर्णताले जगाएको आशा

सुदूरपश्चिम सरकारको पूर्णताले जगाएको आशा

कैलाली । राजनीतिको लामो रस्साकस्सी पछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । सत्ता गठबन्धनमा समर्थन जनाएको नागरिक उन्मुक्ती पार्टीसँगको भागबण्डा नमिल्दा ६ महिना सम्म सरकारले पूर्णता पाउन सकेको थिएन ।

अहिले भने उन्मुक्ती सरकारमा सहभागी भएको छ । सरकारले पूर्णता पाएसँगै अब सरकारका कामहरुले गती लिने दाबी गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कमलबहादुर शाह छन् । गत माघमा मुख्यमन्त्री नियुक्त भए पनि उनले सत्तारुढ गठबन्धनमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन सकेका थिएनन् ।

नेपाली काँग्रेस नेतृत्वको सरकारमा नेकपा माओवादी र एकीकृत समाजवादी यस अघि नै सहभागी भएको थियो ।

सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ती पार्टी भने सरकारमा सहभागी भएको थिएन । तर, एक मन्त्रालय र एक राज्यमन्त्री दिने सहमती पछि उन्मुक्ती गत बुधबारदेखि सरकारमा सहभागी भएको छ ।

सरकारले पूर्णता पाएसँगै मन्त्रीपरिषदको बैठकले प्रदेशको समृद्धीको यात्रा थाल्ने सरकारको दाबी छ ।

नागरिक उन्मुक्ति पार्टीका सांसदहरू रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् भने अर्का सांसद कैलाश चौधरी सोही मन्त्रालयमा राज्यमन्त्री नियुक्त भएका छन् ।

गत माघ २७ गते गठित कांग्रेस नेतृत्वको वर्तमान सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुरुदेखि नै मन्त्रीविहीन थियो ।

कांग्रेसका तर्फबाट मन्त्री रहेका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कांग्रेसले सांसद शिवराज भट्टलाई पठाएको छ ।

बजेट कार्यान्वयको अवस्थामा सरकारले पाएको पूर्णताले सहजता थपेको सरकारको भनाई छ ।

प्रदेश सरकारको पूर्णताले सहजता थपेको बताइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सरकार अझै पनि हराई रहेको प्रतिक्रिया दिएको छ ।

सरकारको पूर्णताले प्रदेश सरकारको बाटो सहज बनाए पनि नागरिक उन्मुक्ती पार्टीमा भने असहज परिस्थिती सृजना गराएको छ । मन्त्री सिफारिसका विषयमा यतीबेला पार्टी भित्र बिबाद बढेको छ ।

मन्त्री बनाउने आश्वासन पाएपछि गत वैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका सांसद लक्ष्मणकिशोर चौधरीको असन्तुष्टीले समस्या निम्त्याएको छ । यद्धपी यो समस्या समाधानका लागी छलफल पनि भईरहेको छ ।

लामो समय पछि प्रदेश सरकारले पाएको पूर्णताले जनपक्षिय कामहरु प्रमुख प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *