काठमाडौं । नेकपा एमालेलले आज पनि संसद अवरोध गर्ने रणनीति लिने भएको छ । आज १ बजे बस्ने प्रतिनिधिसभाको बैठक चल्न नदिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।
एमालेले करिब सय केजी सुन प्रकरणलाई लिएर संसद चल्न नदिने भएको हो । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद अवरोध हटाउनेबारे छलफल भएको थियो । तर उनीहरुकोबीचको छलफल निष्कर्षमा नपुगेकाले आजको संसद बैठक चल्न नदिने निचोडमा एमाले पुगेको हो ।
यसअघिको बैठकहरुमा पनि एमालेले संसद अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीले कुनै निष्कर्ष दिनु भएको छैन । हामी संसद अवरोधलाई निरन्तरता दिन्छौँ,’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको १०० किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको हो ।