सुरक्षाको एसएलसी अनुभव र सुझाव

सुरक्षाको एसएलसी अनुभव र सुझाव

अभिनेत्री सुरक्षा पन्त नेपाली रजतपटमा छोटो समयमै स्थापित बन्न सफल नाम हुन्।

फिल्म अझै पनिबाट ठूलो पर्दाको फिल्ममा डेब्यु गरेकी सुरक्षाले सानो पर्दामामा भिजेको रुपमा करिअर सुरु गरेकी थिईन्। धनपति, आमाजस्ता सफलर सार्थक फिल्ममार्फत दर्शकको नजरमा परेकी उनले म्युजिक थुप्रै भिडियोमा पनि अभिनय गरेकी छिन्। रजतपटमा बौद्धिक अभिनेत्रीको छवि बनाएकी सुरक्षा कवियत्री पनि हुन्। नेपालमा समेत छाया“कंन भएको ईटालियन फिल्म द एईट् माउन्टेनमा समेत अभिनय गरेकी सुरक्षाले सोही फिल्ममार्फत विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिवलको ७५औं संंस्करणमा नेपाली कलाकारमध्ये बाटै पहिलोपटक सहभागी हुने अवसर पाएकी थिइन्। यस हिसाबले कान्समा आधिकारीक रुपमा सहभागी हुने उनी पहिलो नेपाली अभिनेत्री हुन्। उनको सो सहभागीता लोक सेवा आयोगको प्रश्नावलीमा प्रश्नसमेत बनेको छ।

लेखक

सिभिल ईन्जिनियरिङमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी सुरक्षाले गृहनगर बुटवलबाट २०६४ सालमा एसएलसी परिक्षा दिएकी थिईन्। एसएलसीमा ८७ प्रतिशत अंक ल्याएर न्यु होराईजन हायर सेकेण्डरी स्कुलका छात्रातर्फ प्रथम भएकी उनी सानैदेखि अध्ययन र नृत्य, गायन वादविवाद, लेखनजस्ता सिर्जनात्मक कार्यमा रुचि राख्ने गर्थिन्। ‘हाम्रो बेलामा एसएलसीलाई आईरन गेट भनिन्थ्यो। परिक्षालाई आईरन गेटकै रुपमा लिएर मेहनत गर्नें कुरामा कसुर राखिएन्। पहिलो दिन अलिअलि डर त लाग्छ नै। तर ममा राम्रो गर्छु भन्ने कन्फिडेन्स थियो’ सुरक्षाले आफ्नो एसएलसी परिक्षाको अनुभव सुनाउने क्रममा भनिन् ‘मलाई साईन्स र म्याथ सजिलो विषय लाग्थे। नेपाली पनि सजिलै लाग्थो। सोसल चाहिँ अलि गाह्रो लाग्थ्यो।’

एसएलसीको परिणाम आउँदा आफूले सोचेभन्दा राम्रो भएको सुरक्षाले सम्झिइन््। ‘मेरो ८७ पर्सेन्ट आएको थियो। अर्थात डिस्टिन्सन थियो। राम्रो पढ्ने बच्चाको छवि बनाएपछि डाक्टर वा ईन्जिनिएर बन्नु पर्छ भन्ने समाज र परिवारबाट आएको हुनाले मलाई परिवारले चाहिँ डाक्टर बन्ने हो की भन्ने गर्नुहुन्थ्यो। तर त्यतातिर मेरो रुचि भएन। मलाई सिर्जनात्मक कार्यमा रुचि भएकोले ईन्जिनिएरिङ रोजेँ’ सुरक्षाले सम्झिइन् ‘त्यो बेला केटी मान्छे ईन्जिनिएर हुँदैनन् भन्ने सोच हावी थियो।

ईन्जिनिईरिङ पेशामा त्यस्तो के हुन्छ र जसमा केटी मान्छे हुँदैन भन्ने कुराले मलाई अट्याक ग¥र्यो र सोही विषय पढ्ने सोच र परिवारकै सल्लाहअनुसार म काठमाडौ आएर डनबस्को कलेजमा प्लस टुमा पढेँ।’ सिभिल ईन्जिनियरिङमै ब्याचलर गरेकी सुरक्षाले काठमाडौ ईन्जिनियरिङ कलेजबाट सिभिल ईन्जिनिएरिङमा स्नातकोत्तरको पढाई पूरा गरेकी हुन्।

‘आफूले रोजेकै विषय पढिरहे पनि मैले खोजेको जस्तो के पुगेन भन्ने लागिरहन्थ्यो। पढ्दै गर्दा ईमेज भिजे हन्टमा समेत सहभागी भएकी थिएँ। ब्याचलर पढ्दै गर्दा मलाई फिल्मका लागि पनि अफर आएका थिए। फिल्ममा काम गर्दा पढाईलाई समय दिन सकिँदैन भन्ने हिसाबले पढाई पूरा नहुन्जेल हेरौं भनेर फिल्मा काम गरिनं। पढाईपछि भने फिल्ममा पनि काम गरेँ र सँगसँगै सुपर भाईजरका रुपमा करिव डेढ वर्ष ईन्जिनियरिङ पेशामा आवद्ध भएँ’ सुरक्षा भन्छिन्।

सुरक्षा एसईई परिक्षा उतीर्ण गरेकाहरुलाई घर परिवार समाज भन्दा पनि आफूलाई रुचि भएको विषय पढ्न सल्लाह दिन्छिन्। ‘नेपालमै राम्रो पढाई हुने भए पनि विदेश गएर पढ्ने सोच हुन सक्छ। अवश्य पनि नेपालमा भन्दा विदेशमा राम्रो अर्पच्युनिटि हुन्छ नै। तर जो विदेश गएर अध्ययन गर्न चाहनुहुन्छ, विदेशमा गएर पढे पनि नेपालमै फर्केर यहि आफूले पढेको र सिकेको क्षेत्रमा काम गर्ने सोच हुनुपर्छ‘ सुरक्षाको सुझाव छ।

फिल्ममा काम गर्दा पनि आफूले पढेको विषय काम लागेको सुुरक्षाले सुनाइन्। पढेको कुरा कहिल्यै पनि खेर चाहिँ जाँदैन। हामीले सिकेका ज्ञान सिप कुनै न कुनै बेला काम लागि नै रहेको हुन्छ। मैले टेक्निकल विषय पढेँ। जसले गर्दा क्यामराको एंंगल, डीग्री कस्तो हुनुपर्छ भन्ने जस्ता फिल्मका टेक्निकल विषयमा आईडिया हुने रहेछ र काम लागि नै रहदो रहेछ। जुन प्रोफेसनमा आवद्ध भए पनि पढाईलाई ससँगसँगै लान सके त्यसले धेरै अवसर प्रदान गर्छ। हामीले केहि पाउन पर्छ भन्ने हिसाबले भन्दा पनि आफूले चाहेको ठाउँमा पुग्नको लागि प्रयास चाहि जारी राख्नुपर्छ’ सुरक्षाको थप सुझाव छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *