
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । आगामी वर्षको बजेट २०८०\८१ मा सुर्तिजन्य पर्दाथमा कर धेरै बढ्ने अनुमान गरिएको थियो । तर अनुमान विपरित यो वर्षको बजेटमा सुर्तिजन्य पर्दाथमा निकै कम मात्र कर बढेर आयो । अहिले बढाएको करको प्रतिशत हेर्दा १० वर्ष यताकै सबै भन्दा खराब अवस्था हो ।
नेपालमा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने नीति ल्याए पनि सेवन गर्नेको संख्या घटेको छैन । धुमपान तथा सुर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि निकै हानीकारक मानिन्छ ।
त्यसैले हरेक वर्षको बजेटमा त्यस्ता वस्तुको करमा अत्याधिक वृद्धि गरिँदै आएको थियो । तर यो वर्षको २०८०\८१ बजेटमा सुर्तिजन्य पर्दाथमा बढेको करको प्रतिशत १० वर्ष यताकै कम मध्येमा देखिएको छ । यो वर्ष सुर्तिजन्य पर्दाथमा ३ प्रतिशतले मात्र वृद्धि गरिएको छ ।
सुर्तिजन्य पर्दाथमा करको वृद्धि दर हेर्न हो भने औसत १० प्रतिशतले वृद्धि हुने गरेको थियो ।
नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर, विश्व स्वास्थ्य संगठनको मापदण्ड खुद्रा मूल्यको ७० प्रतिशतभन्दा तल छ । जुन दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा कम कर लगाउने मुलुकमा पर्ने गर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थमा ७५ कर प्रतिशत बनाउनुपर्छ । डब्ल्यूएचओले नेपाललाई सुर्तीजन्य पदार्थमा कर बढाउन पटक पटक सुझाव दिँदै आएको छ ।
यद्यपि नेपालले डब्ल्यूएचओको मापदण्ड भन्दा धेरै तल कर लगाएको छ । यो वर्षको बजेटमा सुर्तिजन्य पर्दाथमा ठूलो मात्रामा कर बढ्ने आंकलन समेत गरिएको थियो ।
स्वास्थ्य मन्त्रीले पनि यस्ता पदार्थको करमा वृद्धिका लागि पहल गर्ने जनाउँदै आएका थिए । तर आगामी वर्षका लागि ल्याइएको बजेटमा सुर्तिजन्य पर्दाथमा ३ प्रतिशत कर बढाइएको छ भने भने वियर र रक्सीमा भने कर बढेको छैन ।
नेपालमा नसर्ने रोगका कारण ७० प्रतिशतको मृत्यु हुने गर्छ । नसर्ने रोगबाट मृत्यु हुनुको मृत्युको मुख्य कारण सुर्तीजन्य पदार्थ रहेको अध्ययनले देखाउँछ ।
सुर्तिजन्य पदार्थ विक्रिवतरण तथा सेवनमा कमी ल्याउन कर बढाउन आवश्यक रहेको विज्ञहरुले औल्याउँदै आएका छन् । तर सुर्तिजन्य पर्दाथको करमा भारी वृद्धि गर्नुको सट्टा निकै कम मात्र कर वृद्धि गरिएको छ ।
मानव स्वास्थ्यसंग सम्बन्धित सुर्तिजन्य पर्दाथ सेवन निरुत्साहित गर्न यस्ता पदार्थको करको दरमा भारी बृद्धि गर्ने स्वास्थ्य मन्त्री मोहन बस्नेतले बताउँदै आएका थिए ।
ती वस्तुहरुमा बजेटमा गरिएको करले मन्त्री बस्नेतकै अभिब्यक्ति कमजोर साावित भएको छ ।