सुवर्णले ल्याइन् प्यारो जीवनसाथी

सुवर्णले ल्याइन् प्यारो जीवनसाथी

गायिका सुवर्ण सुवेदी नकर्मीद्वारा स्वरबद्ध प्यारो जीवनसाथी बोलको गीत ललितपुरमा आयोजित एक विशेष समारोहबीच ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले लोकार्पण गरेका छन्।

चाँदनी सुवेदी बोल्टोलको प्रस्तुति तथा बालकृष्ण सजीवको गीत रचना, राजु सिंहको संगीत, चाँद सिंहको संगीत संयोजन र गोविन्द सोनीको मिक्सिङ÷मास्टरिङ रहेको गीतमाथि जसकेलो क्रियसनले भिडियो निर्माण गरेको छ। गीतको भिडियोमा धन खालिङको छायांकन र सम्पादन रहेको छ।

अर्जुनबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरुले नयाँ गीतका लागि गायिका सुवर्णलाई बधाई तथा शुभकामना दिएका थिए। भजन गायनमा रमाउँदै आएकी सुवर्णको औपचारिकरुपमा यो पहिलो गीत सार्वजनिक भएको हो।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, राजु सिंह, बालकृष्ण सजीव, संगीतकार मनराजा नकर्मी, उमा श्रेष्ठ हिमा लगायतले गीत संगीतबारे चर्चा गर्दै सार्वजनिक गीतको सफलताका लागि शुभकामना दिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *