सूचना प्रविधिको विकासबाट देशलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

सूचना प्रविधिको विकासबाट देशलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उकासी मुलुकमा सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नागरिकको जीवनस्तरलाई समृद्ध बनाउन सरकार विश्वस्त रहेको बताउनुभएको छ ।

छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यसको विकास, विस्तार र सुरक्षित प्रयोगका लागि आवश्यक नीति, कानून र नियमावली बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सूचना प्रविधिको प्रयोग गरी आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ लागू गरेको उल्लेख गर्दै उनले सरकारले आवश्यक नीति, नियम र संरचना निर्माणलाई प्राथमिकतामा राखेको बताए । साइबर सुरक्षाको बढ्दो चुनौतीहरू।

छिट्टै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको उनको भनाइ छ । उनले सूचना प्रविधिको दक्ष जनशक्तिलाई सरकारी सेवामा ल्याउने र समय सापेक्ष नीतिगत सुधार गरी उपलब्ध जनशक्तिलाई सेवामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्न सबै जिल्लामा फोरजी सेवा प्रभावकारी बनाउँदै लगिएको भन्दै प्रधानमन्त्री दाहालले अप्टिकल फाइबर विस्तार गरी उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको बताए । उनले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा द्रुत विकास गरी त्यसमार्फत आम जनताको जीवनमा परिवर्तन ल्याउन सबै दललाई अपिल गरेका छन् ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज देशभर मनाइँदै छ ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको विकास र विस्तारसँगै पछिल्लो समय नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढ्दै गएको छ । सार्वजनिक क्षेत्रबाट प्रवाहित सेवाहरू सूचना प्रविधिमैत्री बन्दै गएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *