सोसल सर्भिसद्वारा शैक्षिक सामग्री वितरण

सोसल सर्भिसद्वारा शैक्षिक सामग्री वितरण

पोखरा । माउन्ट अन्नपूर्ण माविअन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीद्वारा गठित सोसल सर्भिस क्लबले शैक्षिक सामग्री वितरण गरेको छ ।
शुक्रवार पोखरा २०, भलाम डाँडागाउँमा रहेको देवी आधारभूत विद्यालयका १३ जना विद्यार्थीको लागि स्कुलमै पुगेर शैक्षिक सामग्री वितरण गरिएको हो ।
ती सामग्री विद्यार्थी तथा शिक्षकको आर्थिक सहयोगमा खरिद गरिएको क्लब सचिव स्मृति क्षत्रीले जानकारी दिइन् ।
वडाध्यक्ष गंगाबहादुर केसीले सोसल सर्भिस क्लबलाई सहयोगप्रति धन्यवाद दिए । सहयोगले समाजसेवाको भावनालाई उजागर गरेको उनको भनाइ थियो । उनले व्यावहारिक शिक्षा दिने उद्देश्यले पोखरा २० अन्तरर्गतका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम निर्माण गरि पठनपाठन भइरहेको खुलाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्या. चोकबहादुर गुरुङले सहयोगले विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बताए । प्रअ गणेश क्षत्रीले स्कुलको आर्थिक अवस्था कमजोर भएको हँुदा पठनपाठनमा समस्या हुँदै आइरहेको जनाए । नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं शिक्षासेवी तेजबहादुर गुरुङले विद्यालयमा गठन गरिएको क्लब समाज सेवा गर्ने क्लब भएको बताए । क्लब अध्यक्ष सोयव अली मियाँले विद्यालयका शिक्षकको प्रेरणाबाट क्लब गठन भएको बताए ।
कार्यक्रममा माउन्ट अन्नपूर्ण माविका चित्रबहादुर गुरुङ, प्लस टु को–अर्डिनेटर कृष्ण लम्साल, सोसल डिपार्टमेन्ट हेड भरत गुरुङ, विद्यार्थी अभिभावक सघंका अध्यक्ष प्रदीप गुरुङ, विद्यार्थी र अभिभावकको सहभागिता थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *