काठमाडौँ ।
नेपाल स्क्वास र्याकेट्स संघको अध्यक्षमा धु्रबबहादुर गुरुङ चयन हुनुभएको छ ।
संघको १४ औँ वार्षिक साधारण सभा र पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई चयन गरेको हो । उहाँले अध्यक्ष पदका लागि भएको मतदानमा मनोजबहादुर श्रेष्ठलाई पछि पार्नुभयो ।
अन्य सबै पद निर्विरोध रहे । उपाध्यक्षमा प्रेम सिंह, सुदीपबहादुर सिंह, दिलिप नरसिंह अधिकारी, जगतसुन्दर सैंजु र रुपकदास ताम्राकार चयन हुनुभएको छ । महासचिवको जिम्मेवारी लोकेन्द्रमान सिं भण्डारीले पाउनुभयो । शैलेस अमात्य कोषाध्यक्ष र महेन्द्र महर्जन सचिवको जिम्मेवारीमा हुनुहुन्छ । सदस्यहरुमा राजेन्द्र शाक्य, लालबहादुर गुरुङ, अनिल वज्राचार्य, विदुर धमला, रत्न महर्जन, राकेशकुमार गुप्ता, गिन्दिरा श्रेष्ठ र भावना सुनुवार रहनुभएको छ ।
त्यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घघाटन समारोहमा स्क्वास योकेट्स नेपालको नमूना संघ भन्दै प्रशंसा गर्नुभएको थियो । सदस्यसचिव घिसिङले आगामी एसियाडमा राम्रो प्रदर्शन गर्न राम्रो तयारी गर्न अनुरोध गर्दैै स्क्वासको प्रशिक्षणका लागि विदेशी प्रशिक्षकको पहल गर्न तयार छु पनि भन्नुभयो । सो समारोहमा होङजोउ एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने स्क्वासका छ खेलाडी अरहन्त केशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन, वृmष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यसैगरी, पछिल्ला दुई कार्यकालको नेतृत्व गर्नुभएका किशोर महर्जनले स्क्वासलाई व्यवसायिक बनाउने प्रयास गरेको भनाई राख्नुभयो । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्क्वास संघको प्रगतिको कामना गर्दे एसियाडमा स्क्वासको सफलताका लागि शुभकामना दिनुभयो ।