
कपिलवस्तु – शिवराज नगरपालिका-६ की २६ वर्षीया कृष्णावती कोरी स्तन क्यान्सर (Carcinoma of Breast) बाट पीडित भएकी छिन्। आर्थिक रूपमा कमजोर अवस्थाका कारण उनको उपचारमा समस्या परिरहेको छ।
कृष्णावतीको उपचारका लागि वि.पी. कोइराला मेमोरियल अस्पताल, भरतपुर सिफारिस गरिएको छ। शिवराज नगरपालिकाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत उनको उपचारका लागि सहयोग गर्ने निर्णय गरिसकेको छ।
उनको उपचारको खर्च महँगो भएकाले थप आर्थिक सहयोगको आवश्यकता छ। मानवताको नाताले जो जसले सक्नुहुन्छ, उहाँलाई सहयोग गरिदिन पीडित परिवाले अनुरोध गरेको छ । तपाईंको सानो सहयोगले कृष्णावतीको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।
सहयोगका लागि सम्पर्क:
(+977 981-7467413 )
