स्वर सम्राटको सम्झना

स्वर सम्राटको सम्झना

काठमाडौं

गत साता स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३औै“ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

सो अवसरमा नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार जनही ५१ हजार रुपिया”सहित स्वरकिन्नरी तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको छ।

समारोहमा कोषकी अध्यक्ष तथा साहित्यकार उषा शेरचनले नारायण गोपालकी श्रीमती स्व. पेमला गुरुवाचार्य जीवित हु“दा कोषको जिम्मेवारी आफूलाई विश्वास गरेर आफूलाई सुम्पेको स्मरण सुनाइन्।

स्मृति सभामा विभिन्न गायक गायिकाले नारायण गोपालका कालजयी गीत प्रस्तुत गरेका थिए। १९९६ असोज १८ गते जन्मेका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो।

उनको निधनपछि उनकै निवास महाराजगञ्जमा स्थापना गरिएको नारायण गोपाल संगीत कोषले २०४८ सालदेखि उनको सम्झनामा विविध सांगीतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। कोषले यसअघि ४० संगीतकर्मीलाई सम्मान गरिसकेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *