स्वास्थ्य शिविरबाट १६५० लाभान्वित

स्वास्थ्य शिविरबाट १६५० लाभान्वित

स्याङ्जा । पुतलीबजार नगरपालिकाको आयोजना तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार बृहत् निशुल्क स्वास्थ्य शिविर भएको छ ।

औषधी व्यवासायी संघ स्याङ्जाको सहयोगमा त्रिभुवन आदर्श माविमा शिविर भएको हो ।

नगर प्रमुख तुलसीराम रेग्मीको प्रेसर परीक्षण गरी शिविर उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवं मेडिकल कलेज सञ्चालक डा.सुनिल शर्माले कलेजले २५ वर्षदेखि सेवा प्रवाह गर्दै आएको बताए । उनले जिल्ला–जिल्लामा पुगेर निशुल्क मानवीय सहयोग गर्दै आएको जनाउँदै मेडिकल कलेज रिचर्स सेन्टररुपमा विकसित गरिएको बताए ।

शिविरमा उपचारका लागि आउनेमध्ये शल्यक्रिया गर्नुपर्नेलाई निशुल्क उपचार गरिदिने जनाए । जुनसुकै रोगका लागि पनि कलेजले निशुल्क शल्यक्रिया गरिदिने बताएका हुन् ।

पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले नगरवासीको स्वास्थ्यप्रति ध्यान दिँदै विभिन्न १० प्रकारका रोगका निशुल्क उपचार गर्ने गरी शिविर सञ्चालन गरेको बताए । यसअघि पनि, आँखा शिबिर र मुटु शिविर सञ्चालन गरेर धेरैले निशुल्क उपचारसहित शल्यक्रियाका सेवा लाभ लिएको बताए ।

उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, कलेज सञ्चालक समिति सदस्य सुभास पोखरेल, महाप्रबन्धक नारायण दाहाल, प्रअ मुक्तिप्रसाद रेग्मी, नगर स्वास्थ्य शाखा प्रमुख अनीषा सुवेदी लगायतले एकै ठाउँ बसेर धेरै किसिमका रोगका उपचार र पहिचान गर्ने अवसर शिविरले दिलाएको बताए ।

शिविरमा १ हजार ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराए । तीमध्ये ४० जनाको शल्यक्रिया गर्नुपर्ने जनाइएको छ । उनीहरुलाई काठमाडौं मेडिकल कलेजमा निशुल्क शल्यक्रिया गरिने नगर प्रमुख रेग्मीले जनाए ।

शिविरमा हाडजोर्नी, स्त्री रोग, जनरल मेडिसिन, दन्त रोग, आखा उपचार, मुटुरोग, इसिजी, इको भिडियो एक्सरे, प्रयोगशाला सेवा लगायत औषधी निशुल्क उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डा. सहित झण्डै ३० जना चिकित्सकले भाग लिएका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *