स्वास्थ चौकी आफै अस्वस्थ शैक्षिक क्षेत्र पनि डामाडोल

कपिलवस्तु , जेठ ३१
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा शुद्धोधन गाउँपालिका नवनिर्वाचित पालिका अध्यक्ष कमलेश शरन चौधरी र उपाध्यक्ष होम प्रकाश चौधरी अहिले आफ्नो कामले चर्चामा छन् ।

दुबै जना आफ्नो काम र कर्तव्य प्रती जिम्मेवार देखिएकि भन्दै पालिका संगै जिल्लामै चर्चा भएको छ । दुबैजना पालिकाको कार्यभार सम्हाले सगै सरकारी कार्यालय, अस्पताल र बिद्यालयको गुणस्तर , सेवासुबिधा बारे बुझ्न छडके रुपमा पुग्ने गरेका छन् ।

हालै एक स्वास्थय चौकीमा छड्के रुपमा चेकजाँच गर्दा स्वास्थय चौकी स्वयंम अस्वस्थ भेटिएपछि पालिका प्रमुखले आफ्नो फेसबुक एकाउन्टमा फोटो सेयर गर्दै जानकारी कमि कमजोरी बताएका थिए । स्वास्थ्य चौकी भित्र सरसफाइ , कर्मचारीको सेवाभाव , उपलब्ध साधन स्रोतको सदुपयोग बारे बुझ्दै कमि कमजोरीलाइ सुधार्दै जाने काममा पालिका प्रमुख र उपप्रमुखले सक्रियता देखाए संगै पालिका बासी खुसी देखिन्छन् ।

यस्तै पालिकाको सरकारी बिधालयको छड्के अनुगमन गर्दा बिधालयमा अलि अलि भौतिक बिकास बाहेक शिक्षाको गुणस्तर र बिद्यार्थीको सेवासुबिधामा कमि देखिएको छ ।

हरेक क्षेत्रमा सरकारले लगानी गरे अनुसारको प्रतिफल नआउदा , भ्रष्टाचार बढदै जानु , कर्मचारीको ढिला सुस्तिले जनता आर्जित भैसकेका छन् । तर यस पालि शुद्धोधन गाउँपालिकामा सुशासन स्थापित हुने र जनताले प्रतेक कार्यालयमा छिटोछरितो ढंगले गुणस्तरीय सेवा पाउनेमा पालिका प्रमुख र उपप्रमुखको हालको कार्यले देखाएको पालिकाको चोक चौरहामा आम जनता बिच आशा पलाएको छ ।

यसैगरी पालिका प्रमुख कमलेश शरण चौधरीले आफुहरु जनताको बिश्वास टुटन नदिने बताउदै आफुहरु हरसमय पालिका बासीको सेवामा खटिने बताउँछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top