पौष ,१०
अवधी भाषामा लेखिएको साहित्कि पुस्तक हमार पहिचान को आज एक कार्यक्रम बीच बिमोचन गरिएको छ । बुद्धभूमि नगरपाइलिका वार्ड नंं ७ बस्ने मुन्ने यादवले लेख्नु भएको उक्त पुस्तकको बिमोचन समाजसेबी , राजनितिज्ञ ब्यक्तित्व राम बरन प्रसाद यादव र लुम्बिनी प्रदेशका योजना अयोगका सदस्य शिवपुजन यादवले संयुक्त रुपमा गर्नु भएको हो ।
बिबिध बिधामा ५ बर्षको लामो समय लगाएर समाजको धरातलमा रही वास्तबिक चित्रण गरी लिखिएको उक्त पुस्तकको सहभागी सबैले प्रसंशा गरेका थिए । शिक्षक पेशामा जिवन समर्पित गरेका शिक्षक मुन्ने यादव ले पिता कल्लु यादव र माता फुलकली यादवको सम्झनामा उक्त पुस्तक लेख्नु भएको हो ।
त्यस क्षेत्रको शिक्षाको बिकास गर्ने उद्धेश्यले १० कठ्ठा १३ धुर जग्गा बिद्यालयको नाममा गरि बिद्यालय संचालन भएको फुलकली माध्ययमिक बिद्यालयको प्राङ्गणमा उक्त पुस्तक बिमोचन कार्य भएको हो ।
कार्यक्रम बिष्णु यादवको अध्यक्षता र सामाज सेवी रामबरण यादवको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रम पुर्ब सभासद ईलियास मुसलमान र लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य शिवपुजन यादवको बिष्ठि अतिथ्यता रहेको थियो । त्यसै गरी अन्य अतिथीहरुमा यूवा नेताहरु राम नेवास यादव , अजित सिंह , शिक्षा प्रेमी परशुराम यादव लगायत बिभिन भुमिकामा रहेका करिब १ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रम समाजसेवी शिवलाल यादवले संचालन गर्नु भएको थियो ।
