हरिवंशको ए केटा मादलु पड्का ट्रेन्डिङमा

हरिवंशको ए केटा मादलु पड्का ट्रेन्डिङमा

ख्यातिप्राप्त हास्य अभिनेता तथा गायक हरिवंश आचार्यले काउलीको सफलतापछि नयाँ गीत ए केटा मादलु पड्का ल्याएका छन्।

गीतमा हरिवंशकै शब्द, संगीत र स्वर रहेको छ। रमाइलो पाराको गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन्। चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमो लोक लयको काउली गीत ल्याएका हरिवंशले चितवनको एक जमघटमा फुरेको लयलाई गीतको रुप दिई सार्वजनिक गरेका हुन्। दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छे गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखे। त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो। हत्तपत्त कोठामा गएर मोबाइलमा रेकर्ड गरे, गीतको बारेमा हरिवंशले खुलाए लयसँगै शब्द पनि आयो ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का। यो गीत म पछि रेकर्ड गरौला भनेर बसेको थिएँ। तर, सबैले गीत मनपराएपछि गीतले यो स्वरुप पायो।

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको हरिवंश बताउँछन्। यो सन्देशमुलक गीत होइनु हरिवंशले सुनाए यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो। यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ। गीत फास्ट टझयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बज्छ भन्ने लागेको छ। यद्यपि, यो गीतमा चुनावमा हुने पैसा बाँड्ने विकृतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ। हरिवंशले भनेजस्तै गीत रिलिज भएको केही दिनमै युट्युब टझेन्डिङमा आएको छ भने सयौंले गीतको विभिन्न अंशमा टिकटक बनाइरहेका छन्। गीतको भिडियोमा हरिवंशको अघिल्लो गीत काउलीकै भिडियोका कलाकार दोहोरिएका छन्। गीतको भिडियोमा हरिवंशका साथमा अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय र नृत्य गरेका छन्। गीतको भिडियोमा प्रियंकासँगै हरिवंश जोडदारका साथ उफ्री उफ्री नाचेका छन्। गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

आरटी इन्टरटेन्मन्टबाट रिलिज भएको भिडियो हालसम्म करिब ६ लाखपटक हेरिएको छ। भिडियो युट्युब ट्रेन्डिध्रमा १३ नम्बरमा परेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *