हाफ म्याराथनको उपाधी राममायालाई

हाफ म्याराथनको उपाधी राममायालाई

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । यसको उपाधि नेपाल पुलिस क्लवकी राममाया बुढाले जितिन् । उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा २१ किलोमिटर दुरी पार गरि प्रथम भएकी हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन गर्नुभएको थियो । प्रधान कार्यालयबाट सुरु भएको म्याराथन स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाईला, कारखानाचोक भई पुनःहल्चोक रंगशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने राममायाले १ लाख रुपैयाँ, दोश्रो हुने नेपाल एपीएफ क्लवकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने त्रिभुनव आर्मी क्लवकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन । साथै चौथो हुने नेपाल एपीएफ क्लवकी आशा राउतले १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा पार गरी २५ हजार रुपैयाँ र पाचौं हुने नेपाल पुलिस क्लवकी सुमित्रा चौधरीले १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी छन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *