को आयोजना तथा हिमालय आँखा अस्पतालको सहकार्यमा नन इन्डोस्कोपिक इन्डोनजल डक्रियोसिस्टोरिनोस्टोमी (डिसिआर) सम्बन्धी २ दिने कार्यशाला गोष्ठी मिति २०८० भाद्र १४ र १५ गते सञ्चालन भइ सम्पन्न भएको छ ।
डिसिआर शल्यक्रियामार्फत् आँखा र नाकबीच एक वैकल्पिक नली सिर्जना गरी आँशु बगिरहने समस्याको समाधान गरिन्छ । आँसुथैलीभित्र जम्मा हुने अनावश्यक तरल पदार्थ हटाउन र आँशु बगिरहने समस्याको निराकरण गर्न यो प्रविधि अपनाउने गरिन्छ । गोष्ठीमा डिसिआर शल्यक्रियासम्बन्धी सैद्घान्तिक कक्षा, अन्तरक्रिया, शल्यक्रियाको प्रशिक्षण तथा अवलोकन गराइएको थियो ।
कार्यक्रममा देशभरबाट सोही विभागमा कार्यरत नेत्र रोग विशेषज्ञको सहभागिता रहेको थियो । सोसाइटीका सभापति डा. सुलक्ष्मी कटुवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । हिमालय आँखा अस्पतालमा यससम्बन्धी शल्यक्रिया सेवा प्रदान भइरहेको छ ।