
- गणेशमान बसेल
काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न उद्योगहरु खुल्नेक्रम बढेसँगै उद्योगीहरुबिच अस्वस्थ प्रतिस्पर्धा पनि मौलाउदै गएको छ । व्यवसायीहरुबिच पेटेण्ट डिजाइन र ट्रेडमार्कको रूपमा परिचित औद्योगिक सम्पतीको दुरुपयोग हुने क्रम बढ्दै गएको हो । पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को छिद्रहरुलाई प्रयोग गरी विश्वका चर्चीत व्राण्डहरुको ट्रेडमार्क एवं डिजाइन आफ्नो नाममा दर्ता गर्ने प्रवृत्ति देखिएको छ । जुन प्रवृत्तिले समग्र औद्योगिक क्षेत्रको विकास तथा विस्तारमा नै धक्का पुग्नेमा चिन्ता बढेको छ ।
हिलटेक पाईप ईण्डष्ट्रिजले विश्वव्यापी प्रचलनमा रहेको डबल वाल कोरोगेटेड(डब्लु.बि.सी) पाईपको डिजाइनलाई नै आफ्नो मौलिक आविष्कारको रुपमा उद्योग विभागमा दर्ता गरेको पाइएको छ । यसले नेपालमा उद्योगिहरुबिच कत्तिसम्म अस्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने कुरालाई प्रष्टै देखाएको छ । उद्योग विभागलाई समेत गुमराहमा राखी विगत दुई दशकभन्दा लामो समयदेखी विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलनमा आएको कोरोगेटेड डिजायनको पाइप आफ्नो नाममा दर्ता गरी बजारमा एकाधिकार जमाउने हिलटेक मनस्थिति देखिएको छ । जसले गर्दा बजारमा नयाँ उद्योगिलाई प्रतिस्पर्धामा आउन निषेध गर्दै उपभोक्ताले समेत आफनो रुची अनुसार उत्पादन छनौट गर्न पाउने अवसरबाट बन्चित गराउने हिलटेकको मनसाय छर्लङ्ग भएको छ । यस्ता गतिविधिले समग्र औद्योगिक क्षेत्रमा नै विक्रित्ति फैलिने नेपाल प्लास्टिक उत्पादक संघले जनाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले आई.एस १६०९८ः२०१३ को आधारमा राष्ट्रको सम्पत्तिको रूपमा तयार गरेको नेपाल गुणस्तर नं. ५९५ को प्रालेखमा स्पष्टसाथ डब्लु.बि.सी पाईपको लम्बाई, चौडाई लगायतका मापदण्ड निर्धारण गरेको छ । तर उद्योग विभागमा हिलटेकले पाइपको लम्बाई, चौडाई लगायतका विषयहरुसमेत डिजायनको रुपमा दर्ता गरेको पाइएको छ । त्यती मात्र नभई विगत २० वर्षदेखि प्रचलनमा रहेको कम्पोस्ट बिनको डिजायन दर्ता भईसकेको देखिएको छ । नेपालमा हालसम्म उत्पादनको प्रक्रियामा नै प्रवेश नगरेको पि.भि.सि.ओ पाईप समेत दर्ता प्रक्रियामा रहेको देखिएको छ । यसमा ऐन, कानुन तथा सत्य तथ्य जाँचबुझ नै नगरिकन उद्योग विभागको दर्ता गरेको पाइएको छ । कोरोगेटेड पाइप दर्ताको सन्दर्भमा उद्योग विभागबाट गम्भिर त्रुटि भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । उक्त त्रुटि उद्योग विभागले सच्याउनुको विकल्प नभएको चेम्बरका सभापति भिम पौडेल बताउँछन् ।
त्यसो त हिलटेकले नेपालमा अहिलेसम्म उत्पादनको प्रक्रियामा नै प्रवेश नगरेको पि.भि.सि.ओ पाईप समेत दर्ता प्रक्रियामा रहेको देखिन्छ । यसबाट उद्योग विभागलाई गुमराहमा राखी बजारमा अन्य प्रतिस्पर्धी कम्पनीलाई प्रवेश नै गर्न नदिने हिलटेकको नियत रहेको व्यवसायीहरु बताउँछन् । नयाँ उद्योग दर्ताका क्रममा हुने यस्ता कमजोरीहरुलाई उद्योग विभागले नजर अन्दाज गर्दा समग्र मुलुृकको औद्योगिक विकासमा नै ह्रास आउने जानकारहरु बताउँछन् ।