हिलसाइडमा शिक्षक–अभिभावक अन्तर्क्रिया

हिलसाइडमा शिक्षक–अभिभावक अन्तर्क्रिया

पोखरा । व्यावहारिक सिकाइका लागि शिक्षक, अभिभावक र विद्यार्थीच सुमधुर सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पोखरा ५ स्थित हिलसाइड अं‌ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीका अभिभावकसँग शनिबार अन्तक्र्रिया भएको छ ।

वार्षिक परीक्षा नजिकिँदा शिक्षक, विद्यालय तथा अभिभावकले बाबुनानीका लागि गर्नुपर्ने प्रयासबारे छलफल तथा अन्तक्र्रिया गरिएको हो । उक्त कार्यक्रममा कक्षा ८ को प्रिबोर्ड र कक्षा ७ को अन्तिम परीक्षाको नतिजाबारे पनि छलफल भयो ।

अभिभावक रेशम अधिकारी, रामप्रसाद शर्मा, कमल तिमिल्सिनालगायतले विद्यालयको नयाँ नेतृत्व एवं थपिने समूहमा संरक्षकका रूपमा मालेपाटन निवासी समाजसेवी तथा विद्यालयको भैतिक संरचना रहेका जम्गाधनी बाबुराम बराललाई पनि पाउँदा विद्यालयको दिगो सुरक्षित यात्रा हुने कुरामा विश्वस्त रहेको बताए । साथै, शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका डिल्लीराम भट्टराईले अबको नयाँ नेतृत्व लिने कुरा सुन्दा छोराछोरीको उज्ज्वल भविष्यप्रति ढुक्क भएको अभिभावको भनाइ थियो ।

नेतृत्वकर्ता डिल्लीराम भट्टराईले विद्यार्थीको प्रतिभाको व्यक्तिगत भिन्नतामा जोड दिएर अबको यात्रामा लाग्ने कुरा व्यक्त गरे । उनले विभिन्न जिज्ञासाको उत्तर दिँदै गुणस्तरीय प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सधैँ लागिपर्ने प्रतिबद्धता गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक समाजसेवी पिताम्बर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमकाको सहजीकरण शिक्षक तथा प्रशिक्षक होमनाथ भट्टराईले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *