हिल प्वाइन्ट माविमा प्रतिभा प्रस्फुटन

हिल प्वाइन्ट माविमा प्रतिभा प्रस्फुटन

पोखरा । हिल प्वाइन्ट माविमा कात्तिक १ र २ गते प्रतिभा प्रस्फुटन तथा दसैँ, तिहार लगायत फुड फेस्टिभल कार्यक्रम भएको छ ।

कार्यक्रममा अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीलाई दसैँ, तिहार मनाउँदा गरिने क्रियाकलापहरु नाटकीय रूपमा प्रस्तुत तथा प्रत्यक्ष रूपमा बत्ती कात्ने, दुनाटपरी गाँस्ने, सेलरोटी पकाउने, देउसी भैलो खेल्ने जस्ता क्रियाकलाप गराउँदै विभिन्न खेलकुद तथा एक प्रकारको मेला सम्पन्न गरिएको थियो ।

विद्यालयका प्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तरगत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिभा प्रस्फुटन कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा दश सम्मका विद्यार्थीहरुले विभिन्न नृत्य तथा सङ्गीत प्रस्तुत गरेका थिए । नृत्य तथा सङ्गीतमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो । विद्यालयका शिक्षक सन्दिप गुरुङ, कमला सुवेदी र सङ्गीता भुषालद्वारा संचालित कार्यक्रममा प्राचार्य दिवाकर जैसीले आफ्नो मन्तव्यका क्रममा विद्यार्थीहरुका लागि यस्ता क्रियाकलापले व्यवहारिक ज्ञान हासिल हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा विजयदशमीको शुभकामना आदानप्रदान गरिएको हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *