
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि सबै जना एक जुट हुन पर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा नेपाल जन प्रशासक संघद्वाारा आयोजित कुशल प्रशासक एवम् व्यवस्थापक विषयक ‘हेम बहादुर मल्ल’ सम्मान समर्पण कार्यक्रमलाई संबोधन गर्दै यादवले मुलुकलाई सम्मुन्नतितर्फ लैजान सरकारले प्रशासकीय सुधार, उचित व्यवस्थापन, कर्मचारी संयन्त्रलाई चुस्त बनाउँदै लानुपर्नेमा जोड दिए । उनले नेपाल हाल संघिय संरचनाको अभ्यासमा रहेकाले तिनै तह संघ, प्रदेश र स्थानिय तहबाट हुने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पर्ने बताए ।
यस्तै, कार्यक्रममा ‘हेम बहादुर मल्ल सम्मान’ गोरक्ष बहादुर नहुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ । प्रधानले आफुले उक्त सम्मान पाएको निक्कै हर्षित भएको दाबी गरे । उनले सार्वजनिक प्रशासकिय क्षेत्रको सुधारमा सबै एकिकृत भएर लाग्नु पर्नेमा जोड दिए ।
त्यस्तै, आचार्यले पनि आफुलाई उक्त पुरस्कार प्रदान गरिएकोमा निक्कै खुशी लागेको बताएका छन् । उनले सार्वजनिक सेवा गुस्तरिय हुन नसक्नु्मा व्यवस्थापकिय कमजोरी भएको औल्याउदै यसलाई तत्काल सुधार गर्नुको विकल्प नभएको बताए ।
नेपाल जन प्रशासक संघले प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक बीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सरकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण पुनरावलोकन र मूल्यांकनमा पृष्ठपोषण गर्दै आएको छ ।