१५ बालविकास केन्द्रमा शैक्षिक सामग्री सहयोग

१५ बालविकास केन्द्रमा शैक्षिक सामग्री सहयोग

पोखरा । कास्कीका १५ विद्यालयका प्रारम्भिक बालविकास केन्द्रको व्यवस्थापनमा फर्निचर, खेलकूद तथा शैक्षिक सामग्री सहयोग भएको छ ।

गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत विभिन्न पालिकाका १५ बालविकास केन्द्रलाई उक्त सहयोग प्रदान गरिएको छ ।

संस्थाले प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्रको मूल मर्मलाई मध्यनजर गर्दै बालमैत्री कक्षाकोठा व्यवस्थापन, सामग्री व्यवस्थापन, स्थानीय सामग्री निर्माण तथा प्रयोग जस्ता गतिविधि संस्थाले वार्षिक रुपमा सञ्चालन गर्दै आएको परियोजना अधिकृत महेश विश्वकर्माले बताए ।

सहयोग प्राप्त गर्ने दीपेन्द्र आधारभूत विद्यालय मादी १०, कयरेका प्रधानाध्यापक गीता गुरुङ, हिमालय मावि मादी ९ गोर्जेका प्रधानाध्यापक चन्द्रमणि अधिकारीले विद्यालयमा रहेको बालविकास केन्द्रमा पहिला पनि गाउँपालिका तथा अन्य संस्थाबाट सहयोग भए तापनि विद्यालय मातहतको हिमालय बालविकास केन्द्रमा यो सहयोगले वडाभित्रका डाँडाथोक, खानेपानी, बनपालेबाट केन्द्रमा बालबालिका प्रत्यक्ष लाभान्वित हुने जानकारी दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *