१९ गते अदृश्य

१९ गते अदृश्य

अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म अदृश्य आगामी साउन १९ गतेबाट रिलिजमा आउने भएको छ।

निर्माण समूहले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो। प्रह्लाद काफ्लेको निर्माण र निर्देशनमा निर्माण भएको

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ। उनको लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ। पोस्टरमा सोहित र रिस्तालाई कुनै अकल्पनीय घटना देखेर अचम्मित भएको भावमा प्रस्तुत गरिएको छ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत, प्रतीक भुजेललगायतका कलाकारले अभिनय गरेका छन्। आकाश उखेडाको कथा, पटकथा र संवाद, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सीमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्ममा मीना बस्नेत निर्माता र सीएम भारद्वाज सुवेदी सहनिर्माता रहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *