४५ विधामा सगरमाथा अवार्ड तीर्थकुमारीलाई लाइफटाइम अचिभमेन्ट

४५ विधामा सगरमाथा अवार्ड तीर्थकुमारीलाई लाइफटाइम अचिभमेन्ट

गीत संगीतका विभिन्न ४५ विधामा अवार्ड प्रदान गर्दै शुक्रबार राजधानीमा सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ।
अवार्ड समारोहमा ख्यातिप्राप्त लोक गायिका तीर्थकुमारी थापालाई १७ हजार ६ सय ९६ रुपियाँसहित प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेका छन्।

त्यसैगरी, वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई आठ हजार आठ सय ४८ रुपिया“सहित कला पत्रकारिता रजत सम्मान प्रदान गरिएको छ भने सुकृत नेपाल, सानुकाजी श्रेष्ठ, रघुनाथ सापकोटा, कमला जोशी र राजु बोहोरालाई सगरमाथा कला पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ। कार्यक्रममा विजन दुवाडीलाई सगरमाथा रेडियो पत्रकारिता सम्मान, संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान, इन्द्रेणी स्विट होटल, इन्दणी कम्प्लेक्सका एमडी तथा सीईओ शम्भु श्रेष्ठलाई सगरमाथा व्यवसायी सम्मान, लोकगायक नकुल थापालाई सगरमाथा डायस्पोरा संगीत सम्मान, निपेश ढाका, सम्झना बुढाथोकी, भद्र वलीलगायतलाई सगरमाथा कला सम्मान प्रदान गरिएको थियो ।

समारोहमा बाबुल गिरी र सहिमा श्रेष्ठ सर्वोत्कृष्ट फिल्मी गीत गायन, रमेश पौडेल फिल्मी गीतकार, दीपक शर्मा फिल्मी संगीतकार, नरेश बीबीसी र एलिना चौहान पप–आधुनिक युगल गायन, विष्णु भट्ट र झुमा निरौला पप–आधुनिक गायन, हरिकृष्ण धिताल र देवी पराजुली पप–आधुनिक गीतकार, भूपेन्द्र बुढाथोकी पप–आधुनिक गीतकार (जुरी), रोशनी रसाइली लोक पप गायन, निमा शेर्पा पप–आधुनिक नव प्रतिभा, भीम बिसी पप संगीतकार, चेतन राई आधुनिक संगीतकार, कुश्मा महरा ‘प्रगति’ राष्ट्रिय भाव गायन, हरिकृष्ण बखुन्छे राष्ट्रिय भाव गीतकार, खुमन अधिकारी र रमिला न्यौपाने लोक दोहोरी गायन, सरोज लामिछाने लोक दोहोरी गायक (पब्लिक च्वाइस), नवराज बस्नेत लोक दोहोरी नवप्रतिभा, अर्जुन थापा मगर र पवित्रा न्यौपाने लोक दोहोरी शब्द, सागर रेग्मी लोक दोहोरी शब्द (जुरी), ऋषि खड्का लोक दोहोरी लय र कन्हैया सिंह परियार गजल गायन विधाको अवार्ड विजेता भए।

त्यसैगरी, पप–आधुनिक भिडियोतर्पm आरके परियार र निशा कार्की मोडल, सशान्त आरटी र एन्जल श्रेष्ठ जुरी, सनिशा भट्टराई पब्लिक च्वाइस, अमित शर्मा र दिया जिसी नव मोडल, अबि मल्ल नव मोडल (जुरी) र जनक सिंह भिडियो निर्देशन, लोक दोहोरी भिडियोतर्पm सागर लम्साल र एन. जेड सालु मोडल, शंकर चन्द र कुशुम शर्मा नव मोडल, मौसम हिमाली भिडियो निर्देशक र नवराज उप्रेती छायाँकार, अनिल कटवाल पप भिडियो छायाँकार, अमृत चापागाईं भिडियो सम्पादन, सविना आचार्य प्रोत्साहन अवार्ड र लक्ष्मी केसी गायिका विधाको अवार्ड विजेता भए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *