
काठमाडौं । नेपालमा ६० वर्षअघि देखिको बजेटको बेरुजु फस्र्यौट हुन बाँकी रहेको खुलासा भएको छ ।
कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम शुरु गरेको उल्लेख गर्दै सोही बेलादेखिको बेरुजु फस्र्यौट बाँकी रहेको बताएका हुन् ।
आइतवार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु फस्र्याैट हुनुपर्नेमा वर्षौंदेखि सो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि स्मरण गराए । महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै उनले त्यो वर्षाैं देखिको रहेको समेत बताए ।
कार्यवहाक महालेखा परीक्षक काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको पनि बताए ।
उनले भने, ‘जिम्मेवारहरुले आफ्नो जिम्मेवारी पूरा नगरेका कारण देशको अवस्था भयावह छ । देशको बजेट १५÷१६ खर्व हुन्छ । नौं खर्व त बेरुजु नै छ । कारबाही गरेर टुंगो लगाउनुपर्ने बेरुजु नौं खर्व छ । झण्डै ६०÷७० पर्सेन्ट बेरुजु छ । र, त्यो बेरुजुमा हे¥यो भने २० साल देखिको बेरुजु पनि बाँकि नै छ । महालेखा परीक्षकले पहिलो वर्ष २०२० सालमा हो प्रतिवेदन पेस गरेको हो । त्यही बेलादेखिको बेरुजु अहिलेसम्म फस्र्यौट भएको छैन ।’
कार्यवहाक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताए । देशभरका कार्यालयहरुको अर्डिट गर्नका लागि करिव ४ सय जति मात्रै जनशक्ति रहेकाले आफूहरुले रिस्क बेसिस अर्डिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।