मानवअधिकार चोकदेखि सुरु प्रभातफेरी चिप्लेढुंगा, न्युरोड हुँदै पोखरा सभागृहमा आएर समापन भएको नेपाल स्काउट गण्डकी प्रदेश संयोजक आशीर्वाद सुवेदीले जनाए ।
उनले प्रदेशभित्रका विभिन्न पालिकाहरुमा स्काउटिङ अभियान तीव्रताका साथ अगाडि बढिरहेको र आगामी दिनमा पनि अझ सशक्त रुपमा १ विद्यालय, १ स्काउट युनिटको रुपमा अगाडि बढाउने बताए । करिब १ हजार १ सय जना स्काउट विद्यार्थी रोभर रेन्जर तथा स्काउट मास्टर सहभागी कार्यक्रममा विभिन्न विद्यालयहरुका स्काउट युनिटहरुबाट आ–आफ्नो ब्यानर र प्लेकार्ड सहित उपस्थित थिए ।
२००९ सालमा स्थापित नेपाल स्काउटले हरेक वर्ष ५ असारमा स्थापना दिवस मनाउने गर्दछ । स्काउटले आगामी ५ गतेसम्म विविध कार्यक्रम गर्ने प्रदेश अधिकृत विजय पौडेलले बताए ।