नेपाल विश्व हिन्दु महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा यादव।

नेपाल विश्व हिन्दु महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा यादव।


कमलेश चन्द्र गुप्ता – कपिलवस्तु

नेपाल विश्व हिन्दु महासंघको लुम्बिनी प्रदेशको
प्रथम अधिवेशनबाट अध्यक्षमा निरञ्जन यादव निर्वाचित भएका छन । कपिलवस्तुको चन्द्रौटामा शनिवार सम्पन्न अधिवेशनले निरञ्जन यादवको अध्यक्षतामा ६ सदस्य प्रदेश कार्य समिति गठन गरिएको छ । नेपाल विश्व हिन्दु महासंघको लुम्बिनी प्रदेशको उपाध्यक्षमा देबाका भुसाल , कोषाध्यक्ष दुर्पदा बुढाथोकी, सह-सचिव सागर यादव ,सदस्य कमल हिताङ्गा ,सदस्य सुकदेव यादव निर्वाचित भएका छन ।


नव निर्वाचित प्रदेश पदाधिकारीहरुले हिन्दुत्वका लागि सधै तत्पर रही हिन्दु धर्मको रक्षा गर्ने छौ साथै संस्था प्रती वफादार रही निष्ठा पूर्वक काम-कर्तब्य गर्ने बताउनु भएको थियो। नव निवार्चित प्रदेस अध्यक्ष यादवले सम्पुर्ण हिन्दु आमाबुबा दिदिबहिनी दाजुभाइलाई आफ्नो संस्कार धर्म धार्मिक सम्पदा रितिरिवाज शास्त्र आदिको संरक्षण गर्ने बताउनुभएकोथियो । हिन्दु माथी कुनै पनि किसिम प्रहार वा निनदनिय कार्य भए मा बरदास नगर्ने र वही भाषामा जवाब दिने उनले बताए साथै आउने दिनमा महासंघलाई झन बलियो बनाउने उहाँले प्रतिबद्धता समेत गर्नु भएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *