पाल्पाली समाजको स्थापना दिवसमा स्वास्थ्य शिविर, २२० लाभान्वित

पाल्पाली समाजको स्थापना दिवसमा स्वास्थ्य शिविर, २२० लाभान्वित

पोखरा। पाल्पाली समाज पोखराले शनिबार पृथ्वीचोकमा खुला स्वास्थ्य शिविर गरेको छ । संस्थाको ३० औं स्थापना दिवस अवसरमा आयोजित शिविरमा २ सय २० जनाको स्वास्थ्य जाँच गरिएको संस्थाका अध्यक्ष बालचन्द्र परियारले बताए । जसमा मधुमेह, रक्तचाप, छाला, कपाल साथै दाँतको निशुल्क चेकजाँच गरिनुका साथै औषधी वितरण गरिएको थियो । शिविरमा शुभम् मेडिकल हल पृथ्वीचोक र एरोगिन हेयर, स्किल एन्ड डेन्टल क्लीनिक जिरो किमीले प्राविधिक सहयोग गरे ।

डा. खेमराज अधिकारी, डा. नम्रता बस्नेत र डा. अस्मिता कुुँवरले चेकजाँच गरेका हुन् भने नर्स विनिता श्रेष्ठ, लक्ष्मी सुवेदी, हेयर काउन्सिलर, ममता थापा, डेन्टल हाइजिनिस्ट सजिया गुरुङ, क्लीनिक म्यानेजर लक्ष्मी भट्टराईले प्राविधिक सहयोग गरे ।

समाजका सल्लाहकार बालरोग विशेषज्ञ डा. हुमप्रसाद न्यौपानेले दीप प्रज्वलन तथा समाजका अध्यक्ष बालचन्द्र परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसर डा. खेमराज अधिकारीलाई स्टेथेस्कोप हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिएको थियो । प्रमुख अतिथि डा. न्यौपानेले सामाजिक उत्तरदायित्वसहित मानव स्वास्थ्यप्रति सचेत रहँदै समाजले सिर्जनशील कार्य गरेको बताए ।

कार्यक्रममा समाजका संरक्षक, पूर्व अध्यक्ष तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका सल्लाहकार संयोजक जनपुकार मुनकर्मी, समाजका पूर्व अध्यक्ष एवं पाल्पा हाउस प्रालि अध्यक्ष कुलप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष एवं पाल्पा कोलोनी अध्यक्ष रेशम रचक, पूर्व अध्यक्ष एवं सल्लाहकार जगदीश गौतम, ताराप्रसाद पोखरेल, गुल्मेली समाज पोखरा अध्यक्ष नारायणप्रसाद न्यौपाने, तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष भरत केसी लगायतले बोलेका थिए ।

समाजका अध्यक्ष बालचन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष श्रीधर पराजुली, सञ्चालन महासचिव सञ्जय आत्रेय र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष रेशम रचकले गरे । कार्यक्रम संयोजक एवं समाजका सचिव रमेश पौडेलले कार्यक्रममाथि प्रकाश पारे ।

शिविरका लागि नारायण एन्ड कम्पनी प्रालि, रानीमहल रेष्टुरेन्ट, समाजका संरक्षक एवं पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठको पनि सहयोग रहेको समाजका अध्यक्ष परियारले जनाए ।

 

तस्बिरः धनबहादुर झेंडी

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *