लिटल फ्लावरमा पुष्परोपण

लिटल फ्लावरमा पुष्परोपण

लेखनाथ । पोखरा २७, रिठेपानीमा अवस्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत शनिबार शिक्षककर्मचारीको सहभागितामा पुष्परोपण गरेको छ ।

विद्यालयका कार्यवाहक सञ्चालक अध्यक्ष दीपेन्द्र राईले विद्यालय जस्तो पवित्र ठाउँमा पुष्परोपण कार्यक्रमले थप सौन्दर्य बढाउने वताए । प्रिन्सिपल विकल पौडेलले रोपेका पुष्प तथा बिरुवाको गोडमेल र उचित संरक्षण आवश्यक पर्नेमा जोड दिए ।

विद्यालयका इन्चार्ज रामप्रसाद अधिकारी, हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्योपाने लगायतले सराहनीय कार्य भन्दै रेखदेखमा जोड दिन अग्रह गरे । कार्यक्रमको सञ्चालन विष्णुहरि पौडेलले गरेका थिए । विद्यालयमा हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका ७ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *