कपिलवस्तु बहुमुखी क्याम्पसमा बितिय साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न

तौलिहवा , असार २२
कपिलवस्तु बहुमुखी क्याम्पसमा बितिय साक्षरता सम्बन्धि ज्ञानमुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो प्रशिक्षणमा क्याम्पसका बिबिएस सकांयका विद्यार्थीलाइ प्रयोगात्मक जानकारी समेत दिइएको थियो । कार्यक्रममा प्रशिक्षकले विद्यार्थीहरुलाइ कर सम्बन्धि एन कानुन , निति नियम , लेखा परिक्षण , प्यान , भ्याट लगायत विषयमा जानकारी गराइएको थियो । तौलिहवामा रहेको इलाइट फाइनेन्सियल एन्ड ट्याक्स कन्सलटेन्टका सिए बिनय चौधरी , सिए गुलाम अहमद , सिए अबिनास पान्डेले सो कार्यक्रममा विद्यार्थीलाइ प्रशिक्षण दिएका थिए ।

सिए बिनय चौधरीले उक्त प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरुलाइ आफ्नो एकेडेमीक शिक्षा र त्यासपछि समेत आज सिखाइएका कुरा काम लाग्ने बताएका छन् । कार्यक्रममा ८० जति बिद्यार्थीको सहभागीता रहेको थियो ।

यसैगरी सो कार्यक्रममा बैंकिङ प्रडालि , डिजिटल बैंकिङ लगायत बारे साइन रेसुङा डेभलपमेन्ट बैंकको टिमले समेत प्रशिक्षण दिएका थिए । साइन रेसुङा बैंक तौलिहवा शाखाका प्रबन्धक अबिनाश शुक्लले अहिले डिजिटल युग भएको र हाल पनि धेरैलाइ डिजिटल बैंकिङको बारे चाहिने ज्ञान नभएको हुँदा यस बारे प्रशिक्षण दिएको बताएका छन् ।

सो कार्यक्रम इलाइट फाइनेन्सिल एन्ड ट्यक्स कन्सलटेन्टले आयोजना गरेको थियो भने रेसुङा साइन डेभलपमेन्ट बैंकले सहयोग गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top