पोखरा । पोखरा ३०, खुदी–ढुंगेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलमा नेपाली निबन्धलेखन प्रतियोगिता भएको छ ।

विद्यालयको शैक्षिक क्यालेन्डरमा उल्लेख भएबमोजिम कक्षा ७ देखि १० सम्मका विद्यार्थीबीच उक्त प्रतियोगिता भएको विद्यालय प्रिन्सिपल प्रेमप्रसाद शर्माले बताए । उनका अनुसार सम्झौता भण्डारीले प्रथम स्थान प्राप्त गर्न सफल भइन् । यस्तै, जस्मिन आचार्य द्वितीय, अनुश्का अर्याल तृतीय र सरिता शर्माले सान्त्वना भए ।
कार्यक्रमको संयोजन विद्यालयका शिक्षक मुक्तिनाथ रानाभाट र शिक्षिका सावित्री न्यौपानेले गरेका थिए ।
विद्यार्थीमा रहेको लेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।