लक्ष्मी माविमा विव्यस र शिक्षक अभिभावक संघ गठन

लक्ष्मी माविमा विव्यस र शिक्षक अभिभावक संघ गठन

लेखनाथ । लक्ष्मी मावि पोखरा–२६ अर्घौंमा मंगलबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा नरेनको अध्यक्षतामा गठित व्यवस्थापन समितिको सदस्यमा कर्णबहादुर जिसी र कमला कार्की जिसी छन् ।

यस्तै मंगलबार नै हरिबहादुर जिसीको अध्यक्षतामा ८ सदस्यीय शिक्षक अभिभावक संघसमेत गठन गरिएको छ । संघ सदस्यहरु चित्रबहादुर कामी, तारानाथ पौडेल, शर्मिला पौडेल, गंगाकुमारी सुवेदी बराल, जैबहादुर आले, सूर्यप्रसाद सुवेदी र गंगा नेपाली छन् ।

उक्त अवसरमा विद्यालयबाट २०७७ सालको एसइई परीक्षामा ३.९० जिपिएसहित उत्तीर्ण हुन सफल विद्यार्थी दीपिका शर्माले चिकित्सा शिक्षा आयोगबाट सञ्चालित प्रवेश परीक्षामा एमबिबिएसतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा र २०७९ सालको एसइई परीक्षामा कास्की जिल्लाभित्रका सामुदायिक विद्यालयहरुबाट छात्रातर्फ ३.८५ जिपिए अंकका साथ प्रथम स्थान हासिल गरेकोमा सम्मान तथा बधाई ज्ञापन गरिएको थियो भने स्वयंसेवक शिक्षक धनश्री न्यौपानेलाई स–सम्मान बिदाइ गरिएको थियो ।

कार्यक्रममा पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा नरेनले विद्यालयमा धेरै कुराहरुको आवश्यकता रहेकोमा एकैपटक पूरा गर्न नसकिएपछि प्राथमिकता र औचित्यको आधारमा क्रमश: पूरा गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

उनले अभिभावकहरुलाई आफ्ना बाबुनानीलाई विद्यालयमा मात्र पठाएर नहुने र उनीहरुको क्रियाकलापलाई सूक्ष्म रुपमा निगरानी पनि गर्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले स्वागत र सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारीले सञ्चालन गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *