आमाबुवाको हत्या गर्ने पक्राउ

आमाबुवाको हत्या गर्ने पक्राउ

एजेन्सी ।

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय शेन जेम्स जुनियर नामका ती व्यक्तिले सोमबार राति १० बजेतिर क्यालिबर ह्यान्डगनले आफ्ना आमाबुबालाई गोली हानेको आशङ्का गरिएको छ।

जेम्सलाई मानसिक स्वास्थ्य समस्या रहेको र घरेलु हिंसाको घटना पछि सेनाबाट हटाइएको जनाकारीमा आएको छ। मङ्गलबार सान एन्टोनियोबाट करिब ८० माईल (१२९ किलोमिटर) टाढा अस्टिनका विभिन्न स्थानमा अन्य चार जना व्यक्तिको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।

अस्टिन प्रहरी प्रमुख रोबिन हेन्डरसनले बुधबार पत्रकारलाई बताए अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि पनि गोली चलाएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *