यू-१९ एसिया कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

यू-१९ एसिया कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं  ।

संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यू-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ।

दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भएको टसमा पाकिस्तानका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन्। पाकिस्तानले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ।

यो समाचार तयार पार्दासम्म नेपालले सात ओभरमा १ विकेटको क्षेतिमा २१ रन बनाएको छ। उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *