
शिविरमा वडा ९ सहित यसआसपासका ३ सय ५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरियो । शिविरमा जनरल फिजिसियन, नाक, कान, घाँटी, छाला रोग र दीर्घरोगहरु सम्बन्धी दक्ष डाक्टरले सेवा प्रदान गरे ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, निवर्तमान नवीन क्षत्री, समाजका सल्लाहकार ओमबहादुर पौडेल क्षत्री, गणेश क्षत्री, फलेवास ६ का वडा अध्यक्ष नवीन श्रेष्ठ र स्वास्थ्य शिविर प्रमुख डा. कृष्णमुरारी अधिकारीले आ–आफ्नो धारणा व्यक्त गरे ।
समाजका अध्यक्ष खडकबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवबहादुर पौडेल क्षत्रीले स्वागत र सचिव अग्नि भुसालले कार्यक्रम सञ्चालन गरे ।